Logo

मेडिकल कलेज निर्माण कार्य अगाडि बढाउन ५६ करोड विनियोजन

अ+ अ-

काठमाडौँ- सरकारले निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेज निर्माण कार्य अगाडि बढाउन ५६ करोड रकम विनियोजन गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेज निर्माण कार्य अगाडि बढाउन ५६ करोड विनियोजन बजेट विनियोजन गरेको जानकारी दिनुभयो।

उहाँले बुटवल, सुर्खेत, डडेलधुरामा निर्माणाधीन प्रस्तावित कलेजको पूर्वधार निमार्ण कार्य अगाडि बढाउन ५६ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो।

मेडिकल शिक्षामा उपलब्ध गराउँदै आएको छात्रवृतिलाई गरिब जेहेनदार र अतिदुर्गम विद्यार्थी लक्षित बनाउने उहाँको भनाइ छ।