Logo

ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब एक करोड

अ+ अ-

काठमाडौं- ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ८६ अर्ब एक करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।

परम्परागत ऊर्जा एलपी ग्याँसलाई प्रतिस्थापन गरी स्वच्छ तथा नवीकरणीय ऊर्जा बढाउन विद्युतीय चुल्हो लगायतका घरायसी विद्युतीय उपकरणको उपयोगलाई प्रवर्धन गरिनेछ ।

ऊर्जाको घरासयी आवश्यकता विद्युतीय माधयमबाट पुरा गर्न सात प्रदेशका सात सहरमा कम्प्लिट वायरिङ पाइलोट प्रोजेकट सञ्चालन गरिनेछ ।

वैकल्पिक ऊर्जातर्फ दुई अर्ब ३३ करोड विनियोज गरिएको छ । विद्युत चुहावटको न्यूनीकरण गरिनेछ ।