Logo

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठ)

अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त रकमको बजेट विनियोजन गरेको बताए ।

कुल विनियोजित मध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ अर्थात ६०.०१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.०८ तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ अर्थात १९.०१ प्रतिशत खर्च हुने अनुमान रहेको छ ।

उक्त रकम खर्च गर्नका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व, वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड र वैदेशिक ऋणमार्फत् २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ, ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिइने जनाइएको छ ।

बजेट-२०८२_८३