काठमाडौँ। प्रतिनिधिसभाको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तका विषयमा अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो ।
उपसमितिमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन् ।
समितिका सभापति डा कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई रसुवा बाढी र जलवायु वित्तसम्बन्धी विषयमा विस्तृत अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।
