udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्यास अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न कुलमान घिसिङको माग

ग्यास अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न कुलमान घिसिङको माग
A A+ A-

काठमाडौँ: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिका बेला एलपी ग्यासको अभाव, कालोबजारी र मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत उपभोक्ताले एउटा सिलिन्डर ग्यास पाउनसमेत ठूलो संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै राज्य संयन्त्रको मौनताप्रति आपत्ति जनाएका छन्।

घिसिङले एलपी ग्यास विनियमावली, २०६५ को विनियम २०(ग) अनुसार नेपाल आयल निगमलाई मात्र मूल्य समायोजनको अधिकार रहेको उल्लेख गर्दै व्यवसायीले आफूखुसी मूल्य बढाउनु गम्भीर विषय भएको बताएका छन्।

उनले भने, ‘एउटा सिलिन्डर ग्यास पाउनसमेत ठूलो युद्ध जित्नुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो संकटका बेला समेत आमउपभोक्ताको पीडाप्रति राज्य संयन्त्र संवेदनशील नहुनु अत्यन्त दुःखद र आपत्तिजनक छ।’

उनले खाना पकाउन विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा विद्युत् खपतमा भ्याट लगाएर निरुत्साहित गरिनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे।

घिसिङले नेपाल आयल निगमको आफ्नै बोट्लिङ प्लान्ट नहुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै एलपी ग्यासमाथिको परनिर्भरता अन्त्य गर्न विद्युतीय ऊर्जाको उपयोगमा जोड दिएका छन्।

उनले सरकारसँग कालोबजारी नियन्त्रण गर्न, स्वीकृतिबिना गरिएको मूल्यवृद्धि फिर्ता लिन, ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र विद्युत् खपतमा लगाइएको भ्याट हटाउन माग गरेका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action