udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीले दुई जलविद्युत् आयोजना बगाउँदा नामरुङ सात दिनदेखि अन्धकारमा

बाढीले दुई जलविद्युत् आयोजना बगाउँदा नामरुङ सात दिनदेखि अन्धकारमा
A A+ A-

काठमाडौं। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-४ स्थित नामरुङ गाउँ सात दिनदेखि विद्युत् सेवाबाट वञ्चित भएको छ।

भदौ २० गते आएको बाढीले गाउँमा सञ्चालित दुईवटा लघुजलविद्युत् आयोजनाका संरचना बगाएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन्।

वडाध्यक्ष पेमा ग्याल्बो लामाका अनुसार बाढीले हालै परीक्षण प्रसारणमा रहेको १०० किलोवाट क्षमताको आयोजना र यसअघि सञ्चालित १५ किलोवाटको अर्को आयोजना बगाएको हो।

करिब सात करोड रुपियाँको लागतमा निर्माण भएको मुख्य आयोजनासहित संरचना बगेपछि गाउँको विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ।

विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। साँझपख घर, बाटो र सार्वजनिक स्थल अन्धकार हुने गरेका छन्।

यसका साथै मोबाइल चार्ज, सञ्चार सेवा र विद्यार्थीको पढाइमा समेत समस्या देखिएको छ। बाढीले चार स्थानीयको घरसमेत बगाएको छ भने आवतजावतका लागि प्रयोग हुने पुल बगाएपछि पदयात्रीसमेत प्रभावित भएका थिए। स्थानीय र जनप्रतिनिधिको पहलमा हाल काठको फट्के निर्माण गरी आवतजावत सहज बनाइएको छ।

भौगोलिक रूपमा विकट क्षेत्र भएकाले विद्युत् संरचना पुनर्निर्माण गर्न लामो समय लाग्ने देखिएको छ। वर्षायाममा थप क्षति हुने जोखिम रहेकाले तत्कालका लागि सौर्यबत्तीको व्यवस्था गर्न स्थानीयले तीनवटै तहका सरकारसँग माग गरेका छन्। साथै, दीर्घकालीन रूपमा जलविद्युत् आयोजना पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको चुमनुब्री गाउँपालिकाले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action