udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तनहुँका किसानले दुध बिक्रीबाट कमाए २४ करोडभन्दा बढी

तनहुँका किसानले दुध बिक्रीबाट कमाए २४ करोडभन्दा बढी
A A+ A-

काठमाडौं। तनहुँका दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले एक वर्षमा दुध बिक्री गरेर २४ करोड रुपियाँभन्दा बढी आम्दानी गरेका छन्।

जिल्लाका १८ वटा दुग्ध उत्पादक सहकारीमार्फत किसानले सो आम्दानी गरेका हुन्। सहकारी संस्थाका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार करिब एक हजार पाँच सय व्यावसायिक किसान दुध उत्पादनमा संलग्न छन्।

सहकारीमार्फत दुधको बजार सुनिश्चित भएपछि किसानहरू व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन्। अध्यक्ष सापकोटाले भन्नुभयो, “दुध बिक्रीका लागि बजारको समस्या नभएपछि किसान व्यावसायिक पशुपालनमा उत्साहित भएका छन्। यसबाट किसानको आम्दानी बढ्नुका साथै गाउँमै रोजगारीसमेत सिर्जना भएको छ।”

सहकारीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा किसानले १५ लाख ६८ हजार लिटर दुध बिक्री गरेका थिए। यसबाट २४ करोड ११ लाख १० हजार १६२ रुपियाँ आम्दानी भएको छ। संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार सहकारीमार्फत दैनिक आठ हजार लिटरभन्दा बढी दुध संकलन हुने गरेको छ। यहाँ संकलित अधिकांश दुध सुजल डेरीमार्फत पोखरा निर्यात हुने गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा किसानले १३ लाख ४६ हजार २४ लिटर दुध बिक्री गरी २१ करोड ६७ लाख ५७ हजार ७२५ रुपियाँ आम्दानी गरेका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुध बिक्रीबाट हुने आम्दानी दुई करोड ४३ लाख ५२ हजार ४३७ रुपियाँले बढेको सहकारीले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action