udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीको विपत्तिले सुस्तायो मधेसको तिज बजार

बाढीको विपत्तिले सुस्तायो मधेसको तिज बजार
A A+ A-

बर्दिबास। भोटेकोशीमा आएको बाढी र विपत्तिका कारण यस वर्ष मधेसका हाट बजारमा तिज र चौठचन्द पर्वको चहलपहल न्यून देखिएको छ । राहत र उद्धार कार्यमा प्राथमिकता दिइएकाले पर्वसँग जोडिएको व्यापारमा उल्लेख्य गिरावट आएको व्यवसायीहरूले बताएका छन् ।

बर्दिबासको सुपर मार्केटमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी अप्सरा सापकोटाले गत वर्षको तुलनामा यस वर्ष व्यापार आधाले घटेको बताइन् । उनले भनिन्, ‘बाढीको पीडाले देशै रोइरहेको बेला कसले किनमेल गर्ने र व्यापार चल्ने ?’ त्यस्तै, इन्दिरा कस्मेटिक्सकी सञ्चालिका इन्दिरा चापागाईंले ग्राहकहरूले सामान खरिद गर्नभन्दा पनि मोलमोलाइमा मात्र बढी चासो देखाएको बताइन् ।

कपडाको व्यापारमा पनि सोही अवस्था देखिएको छ । सजिना वस्त्रालयकी सञ्चालिका सरिता खतिवडाका अनुसार गत वर्ष १५ लाख रुपियाँसम्मको कारोबार भएकोमा यस वर्ष आधा पनि बिक्री नभएको उनले जानकारी दिइन्। उनले भनिन्, ‘तिज मनाउनेमा उत्साह नै देखिँदैन ।’

बाढीको प्रभाव होटल व्यवसायमा पनि परेको छ । गौतम होटलका व्यवस्थापक राजकुमार दाहालका अनुसार तिजका लागि भएका २० वटा दर कार्यक्रमको बुकिङ रद्द भएको छ । गत वर्ष सोही समयमा ५० भन्दा बढी दर कार्यक्रम आयोजना भएका थिए । मिठाइ पसलहरूको अवस्था पनि उस्तै छ । सुमित मिठाइ पसलका सञ्चालक धनेश्वर कानले ग्राहक देखिए पनि गत वर्षजस्तो बिक्री नभएको बताए ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action