काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार उनको यो भ्रमणका क्रममा भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले र भारतीय अधिकारीहरूबीच द्विपक्षीय आर्थिक सम्बन्ध र विविध विषयमा छलफल हुने बताइएको छ। यद्यपि, भ्रमण तालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता भने समावेश गरिएको छैन। मन्त्रालयका स्रोतका अनुसार अर्थमन्त्री वाग्ले शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
