काठमाडौं। काठमाडौँ विश्वविद्यालयले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो।
बुधबार काठमाडौँ विश्वविद्यालयका एकेडेमिया-इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले सो सहयोग गरेको जनाएको छ।
