udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कृष्णभीरको बाटो खुलेपछि काठमाडौंमा घट्यो ग्यासको मूल्य

कृष्णभीरको बाटो खुलेपछि काठमाडौंमा घट्यो ग्यासको मूल्य
A A+ A-

काठमाडौं। कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। बाढीका कारण मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक मार्गबाट ढुवानी गर्नुपर्दा व्यवसायीहरूले ग्यासको मूल्यमा वृद्धि गरेका थिए। अहिले सडक पुनः सञ्चालनमा आएसँगै ग्यासको मूल्य घटेको हो।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौंका लागि पिएडओ जारी गरेपछि मूल्य घटेको हो। घिमिरेले भने, ‘यसअघि मुख्य बाटो बन्द भएर वैकल्पिक बाटोबाट ढुवानी गर्दा भाडा बढेकाले ग्यासको मूल्य वृद्धि भएको थियो। अहिले कृष्णभीरको बाटो खुलेर ग्यासका बुलेटहरू आउन थालेपछि मूल्य पुनः घटेको छ।’

यसअघि वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म ढुवानी भाडा समायोजन गरिएको थियो। अब भने उपभोक्ताले २०६० रुपैयाँ प्रतिसिलिन्डरको पुरानै मूल्यमा ग्यास पाउनेछन्।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले काठमाडौं उपत्यकाका लागि पिएडओ जारी भइसकेको जानकारी दिएका छन्। यसअघि देशलाई तीन क्षेत्रमा विभाजन गरी वितरण गरिँदै आएकोमा हालसम्म तराई क्षेत्रको पिएडओबाट काम भइरहेको थियो। अब भने काठमाडौं र धादिङका लागि पनि छुट्टै पिएडओ जारी गरिएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action