udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

श्रम मन्त्रालयले असोज १४ देखि कोशी प्रदेशमा सीप मेला आयोजना गर्ने

श्रम मन्त्रालयले असोज १४ देखि कोशी प्रदेशमा सीप मेला आयोजना गर्ने
A A+ A-

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकको अवसरमा राष्ट्रव्यापी सीप तथा रोजगार मेला आयोजना गर्ने निर्णय गरेको छ। मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गर्दै यस कार्यक्रमलाई अघि बढाएको हो। श्रममन्त्रीको संयोजकत्वमा बसेको निर्देशिका तथा समन्वय समितिको बैठकले यही असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा मेला सञ्चालन गर्ने निर्णय गरेको छ।

मन्त्रालयको उद्देश्य यस मेलालाई क्रमशः अन्य प्रदेशमा पनि विस्तार गर्दै राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्ने रहेको छ। मेलामा तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, विकास साझेदार, रोजगारदाता सङ्घ र शैक्षिक तालिम प्रदायक संस्थाहरूको सहकार्य रहनेछ।

यस कार्यक्रममार्फत सीप, उद्यमशीलता र स्वरोजगारलाई प्रवर्द्धन गर्दै स्वदेशमै रोजगारीका अवसरहरू वृद्धि गर्ने मन्त्रालयको लक्ष्य छ। मन्त्रालयले सम्पूर्ण सरोकारवालाहरूलाई यस अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

बैठकपछि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउनुपर्नेमा जोड दिए। उनले नेपालमै रोजगारी र उद्यमशीलता सम्भव छ भन्ने सकारात्मक सन्देश दिन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताए। मन्त्री यादवले आन्तरिक रोजगारी दशकलाई सफल बनाउन सीप र रोजगारीको एक दिगो प्रणाली निर्माण गर्नुपर्ने खाँचो औंल्याए। उनले यो सीप तथा रोजगार मेला सो प्रणाली निर्माणमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action