Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

किबीले दिएको सफलताको स्वाद

किबीले दिएको सफलताको स्वाद
A A+ A-

बागलुङ। अलैँचीखेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गरे । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ । किबी बिक्रीबाट गत वर्ष रु चार लाख आम्दानी भएपछि उनी व्यावसायिक खेती विस्तारमा लागेका छन् ।

रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फर्किएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती गरेका थिए । हावापानी अनुकूल नहुँदा खेतीबाट अपेक्षित उत्पादन लिन सकेनन् । त्यसपछि उनले किबी रोजे ।

सुरुमा पाँच रोपनीमा लगाएको किबीले तीन वर्षपछि उत्पादन दिन थालेपछि उनले खेती विस्तार गर्दै थप २० रोपनीमा किबी लगाएका हुन् । यस वर्ष उत्पादन बढेकाले आम्दानी दोब्बर बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

“पाँच रोपनीमा लगाएको किबीले उत्पादन दिन थालेपछि खेती विस्तार गरेँ”, शर्माले भने, “आफ्नो भूगोल र हावापानी सुहाउँदो फलफूलखेती गर्नसके सफल हुन सकिनेरहेछ । अलैँचीमा असफल भए पनि किबीमा सफलता मिलेको छ ।”

गण्डकी प्रदेश सरकारको रु २० लाख अनुदान सहयोगमा उनले आफ्नै बारीमा किबीखेती विस्तार गरेका हुन् । खेतीलाई अझ विस्तार गर्ने योजना बनाएका शर्माले उत्पादित किबी बजार पठाउने तयारी गरिरहेका छन् । उनले भने, “सुन्तलाखेती पनि सुरु गरेको छु ।”

सुरुमा प्रतिगोटा रु ५०० मा बिरुवा खरिद गरेर किबीखेती थालेका शर्माले अहिले आफ्नो क्षेत्रका अन्य किसानलाई पनि यस खेतीतर्फ आकर्षित गरेका छन् ।

उनका अनुसार दमेकमा एक दर्जनभन्दा बढी किसान किबीमा आवद्ध छन् । त्यस क्षेत्रमा सबैभन्दा बढी क्षेत्रफलमा किबीखेती गर्ने किसान आफू नै भएको उनको दाबी छ ।

जैमिनी नगरपालिका-२ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दमेक क्षेत्र किबीखेतीका लागि सम्भावनायुक्त रहेको बताए । उनका अनुसार वडाले किसानलाई प्रोत्साहन गर्न ५०० किबीका बिरुवा अनुदानमा वितरण गरेको छ । दमेकको तल्लो क्षेत्रमा गरिएको किबीखेतीको परीक्षण सफल भएको उनले जानकारी दिए ।

नेपालमा सामान्यतया समुद्री सतहबाट एक हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिन्छ । यसका लागि उपयुक्त हावापानी, तापक्रम र माटो छनोट गर्नुपर्दछ ।

2