Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
A A+ A-

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ ।

राजनीतिमा सक्रिय स्थानीय तीन युवाको सामूहिक लगानीमा ‘खोटाङ एग्रो इन्डस्ट्री फार्म’ दर्ता गरेर बाम्राङमा करिब ४० रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो ।

राजनीतिसँगै व्यावसायिक कृषि पेसामा लागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका लेखबहादुर रम्तेल, सोही ठाउँका बालकृष्ण कटवाल र वडा नं ४ खाल्लेका चन्द्र केसीलाई आजभोलि बारीभरि पहेँलपुर फुलेका सयपत्री फूल टिप्न र माला उन्ने कामदार खोज्ने चटारो छ ।

फूलैफूलको चाड भनेर चिनिने तिहार नजिकै आइसकेकाले बारीभरि ढकमक्क फुलेका सयपत्री फूल टिपेर बजारसम्म पुर्याउन उनीहरूलाई भ्याइनभ्याइ भएको हो ।

तिहारमा यस वर्ष सयपत्री फूलको करिब १२ हजार माला तयार गर्ने लक्ष्य राखिएको योङ कम्युनिष्ट लिग (वाइसीएल) दिक्तेल रुपाकोट मझुवागढी नगरका नेतासमेत रहनुभएका सञ्चालक रम्तेलले जानकारी दिए ।

“पहिलोपटक सञ्चालन गरिएको फार्ममा यसपटक करिब रु ३० देखि रु ३६ लाख आम्दानी गर्न सकिने अनुमान गरिएको छ । तिहारमा करिब १२ हजार माला बिक्री गर्ने लक्ष्य छ । यसमध्ये नौ हजार काठमाडौँमा र तीन हजार जिल्लामै खपत हुन्छ भन्ने लागेको छ”, उनले भने, “फूल टिप्न र माला उन्न दैनिक २५ जना कामदार खटाइएको छ । सयपत्री फूलको माला उन्नेलाई प्रतिमाला रु सातका दरले पारिश्रमिक दिने गरेका छौँ ।”

एक जना कामदारले एक दिनमा १०० वटाभन्दा बढी सयपत्री फूलका माला तयार गर्न सक्ने भएकाले उनीहरूको आम्दानी पनि राम्रो हुने गरेको सञ्चालकले बताएका छन् । तीन युवाको सामूहिक लगानीमा सञ्चालित फार्ममा उत्पादित सयपत्री फूलको माला उन्ने कामले स्थानीय महिलालाई रोजगारी दिएको छ ।

बाम्राङमा सञ्चालित कृषि फार्ममा उत्पादित सयपत्री फूललाई केही दिन काठमाडौँमा भण्डारण गरेर राख्ने र त्यसपछि बजारमा बेच्ने तयारी गरिएको सञ्चालक केसीले बताए । “तिहारका लागि फूलको बजार केही दिनपछि मात्र सुरु हुन्छ । त्यसबेलासम्म भण्डारण गरेर राख्नुपर्ने हुन्छ”, उनले भने, “सयपत्री फूलको व्यवसाय सुरु गरेको यो पहिलोपटक हो । पहिलोपटकमै राम्रो उत्पादन भएको छ । आगामी दिनमा फूलखेतीबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आशा जागेको छ ।”

नेपाली कांग्रेसका युवानेता केसीसहित फरकफरक पार्टीमा आवद्ध तीन युवाले तीन वर्षअघिदेखि बाम्राङमा अकबरे खुर्सानी तथा व्यावसायिक भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । दूध उत्पादनका लागि यस वर्ष २० वटा लैनौ भैँसी पाल्नेगरी १०० रोपनी जग्गा भाडामा लिएर घाँसखेतीसमेत गरिएको छ ।

फार्ममा काम गर्ने दुई जना पूर्णकालीन कामदारलाई सञ्चालकले खाना तथा खाजासहित मासिक तलब उपलब्ध गराउँदै आएका छन् । पूर्णकालीनबाहेकका कामदारलाई सिजनअनुसार दैनिक रु ५०० देखि रु ८०० सम्म ज्याला उपलब्ध गराउने गरिएको जनाइएको छ ।

फार्मबाट उत्पादित दूध तथा दूधबाट उत्पादित परिकार दिक्तेलबजारस्थित सालपा कृषि कम्पनीको ‘रैथाने कृषि मार्ट र रैथाने खाजा घर’मा खपत हुँदै आएको छ । रैथाने बाली प्रवर्द्धन, उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले दिक्तेलमा स्थापना गरिएको सालपा कृषि कम्पनीले जिल्लामा उत्पादित सबै प्रकारका कृषिउपज खरिद गरेर प्रशोधनगरी राजधानी काठमाडौँलगायतका सहरमा बिक्री गर्दै आएको छ ।

राजनीति गर्ने व्यक्तिलाई आम्दानीको वैकल्पिक स्रोत अनिवार्य हुनुपर्ने भएकाले सामूहिक लगानीमा कृषि व्यवसाय सुरु गरेको उनीहरुले जानकारी दिए । तीन युवाको सामूहक लगानीमा सञ्चालन गरिएको कृषि फार्म धेरैका लागि उदाहरणीय भएको छ ।

2