Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी उर्लिएपछि रसुवामा ठूलो क्षति

भोटेकोशी उर्लिएपछि रसुवामा ठूलो क्षति
अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ। बिहान करिब सवा ९ बजेतिर नदीमा अचानक पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा त्रास फैलिएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीले स्याफ्रुबेँसीसहित विभिन्न बजार तथा नदी आसपासका क्षेत्रमा क्षति पुर्‍याएको छ। बाढीबाट भएको क्षति र प्रभावित क्षेत्रको विस्तृत विवरण भने आउन बाँकी छ।

बाढीको प्रभाव नुवाकोट र धादिङ हुँदै त्रिशूली नदी आसपासका क्षेत्रमा समेत पर्न सक्ने भन्दै स्थानीय प्रशासनले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

टिमुरे र स्याफ्रुबेँसी आसपासमा भीषण वर्षापछि ठूलो बाढी आएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भन्सार कार्यालय तथा मातहतका निकायसँग समन्वय गरी खोज तथा उद्धारलगायतका काम अघि बढाइएको छ।

बाढीपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र प्रशासनले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ।

2