Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपछि प्रधानमन्त्री शाहले बोलाए विपद् परिषद्

बाढीपछि प्रधानमन्त्री शाहले बोलाए विपद् परिषद्
अ+ अ-

काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर उद्धार, खोज तथा राहतलाई तत्काल प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकमा रसुवामा बाढीले पुर्‍याएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा तत्काल गर्नुपर्ने कामबारे सम्बन्धित निकायबाट जानकारी लिइएको थियो।

बैठकमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गरिएको थियो। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउने, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र राहत सामग्री तत्काल पुर्‍याउने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले विपद्को अवस्थामा सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्। उनले प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतमा कुनै ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीले बाढीग्रस्त क्षेत्रमा रहेका नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न र आवश्यकताअनुसार उद्धार तथा राहतका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्।

उनले विपद्को यो कठिन अवस्थामा राज्यका सबै निकाय, सुरक्षा निकाय तथा सम्बन्धित पक्षलाई आआफ्नो जिम्मेवारीमा सक्रिय भएर प्रभावित नागरिकको उद्धार र राहतमा जुट्न आग्रह गरेका छन्।

रसुवामा बुधबार बिहान आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। बाढीपछि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। क्षतिको थप विवरण संकलन तथा खोज तथा उद्धारको काम जारी रहेको छ।

2