Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उद्धारमा खटिएका हेलिकप्टरलाई इन्धन दिन ट्यांकर परिचालन

उद्धारमा खटिएका हेलिकप्टरलाई इन्धन दिन ट्यांकर परिचालन
अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि खटिएका हेलिकप्टरलाई इन्धन अभाव हुन नदिन नेपाल आयल निगमले हवाई इन्धनसहितको ट्यांकर परिचालन गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको प्रयोग बढेपछि तत्काल आवश्यक पर्ने हवाई इन्धन उपलब्ध गराउन काठमाडौंस्थित निगमबाट ट्यांकर नुवाकोटको त्रिशूलीतर्फ पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

बाढीका कारण सडक तथा अन्य यातायात सम्पर्क प्रभावित भइरहेका बेला उद्धारमा खटिएका हेलिकप्टरलाई निरन्तर सञ्चालन गर्न आवश्यक इन्धनको व्यवस्था मिलाइएको हो । इन्धनसहितको ट्यांकर त्रिशूली पुगेपछि त्यहाँबाट उद्धार तथा खोजी कार्यमा खटिएका हेलिकप्टरलाई आवश्यकताअनुसार हवाई इन्धन उपलब्ध गराइनेछ ।

बुधबार बिहान रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीले जनधन तथा भौतिक संरचनामा क्षति पुर्‍याएको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा अन्य उद्धार टोली परिचालन गरिएका छन् । सडक तथा स्थलमार्गबाट पुग्न कठिन भएका क्षेत्रमा हेलिकप्टरमार्फत खोज तथा उद्धारलाई प्राथमिकता दिइएको छ ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन तत्काल परिचालन गर्ने काम भइरहेको सरकारले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायबीच समन्वय भइरहेको छ ।

2