काठमाडौं । रसुवा बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कालिका कन्स्ट्रक्सन प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कालिका कन्स्ट्रक्सनका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले बाढीपहिरो प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम कोषमा उपलब्ध गराएका हुन्।
चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
पाण्डेले विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कालिका कन्स्ट्रक्सनले जनाएको छ।
