काठमाडौं। चीनका निश्चित आकारभन्दा माथिका औद्योगिक कम्पनीको नाफा सन् २०२६ को पहिलो सात महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेको छ।
चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार जनवरीदेखि जुलाईसम्म यी कम्पनीको कुल नाफा ४.५८ ट्रिलियन युआन पुगेको छ। वार्षिक मुख्य व्यवसायबाट कम्तीमा २ करोड युआन आम्दानी गर्ने औद्योगिक कम्पनीलाई यस वर्गमा राखिएको छ।
प्रमुख तीन औद्योगिक क्षेत्रमध्ये खानी उद्योगको नाफा ३४.९ प्रतिशतले बढेर ६६६.०५ अर्ब युआन पुगेको छ। त्यस्तै, उत्पादनमूलक उद्योगको नाफा १८.८ प्रतिशतले बढेर करिब ३.४४ ट्रिलियन युआन पुगेको तथ्यांकमा उल्लेख छ।
औद्योगिक नाफामा भएको वृद्धि चीनको उत्पादन तथा औद्योगिक क्षेत्रमा सुधार भइरहेको संकेतका रूपमा हेरिएको छ।
