Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

टिप्सः दीर्घकालीन लगानीका लागि कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने ७ कुरा

टिप्सः दीर्घकालीन लगानीका लागि कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने ७ कुरा
अ+ अ-

काठमाडौं । सेयर बजारमा दीर्घकालीन लगानी गर्दा कम्पनीको सेयरमूल्य मात्रै हेरेर निर्णय गर्नु जोखिमपूर्ण हुन्छ। कम्पनीको वित्तीय अवस्था, लाभांश क्षमता, सुशासन र भविष्यको सम्भावना अध्ययन गरेर लगानी गरे जोखिम घटाउन सकिन्छ। लगानीकर्ताले अरूको सुझाव वा सामाजिक सञ्जालको हल्लाभन्दा आफ्नै अध्ययनलाई प्राथमिकता दिनुपर्छ।

१. नियमित लाभांश दिने कम्पनी रोज्नुहोस्
कम्पनीले विगतमा कति र कस्तो दरमा लाभांश दिएको छ भन्ने हेर्नुहोस्। नियमित रूपमा लाभांश दिँदै आएका कम्पनी दीर्घकालीन लगानीका लागि तुलनात्मक रूपमा आकर्षक हुन सक्छन्।

२. वित्तीय अवस्था बलियो छ कि छैन हेर्नुहोस्
कम्पनीको नाफा, आम्दानी, प्रतिसेयर आम्दानी, नेटवर्थ, ऋण तथा सञ्चित कोषजस्ता सूचकको अध्ययन गर्नुहोस्। लगातार राम्रो वित्तीय प्रदर्शन गर्ने कम्पनीलाई प्राथमिकता दिन सकिन्छ।

३. रिजर्भ र सञ्चित कोष हेर्नुहोस्
बलियो सञ्चित कोष भएको कम्पनीसँग व्यवसाय विस्तार गर्ने तथा भविष्यमा लगानीकर्तालाई प्रतिफल दिने क्षमता हुन सक्छ। त्यसैले कम्पनीको रिजर्भलाई पनि लगानी निर्णयको आधार बनाउनुपर्छ।

४. सुशासनलाई बेवास्ता नगर्नुहोस्
कम्पनीको व्यवस्थापन, सञ्चालक समिति, पारदर्शिता र विगतको कार्यसम्पादन पनि उत्तिकै महत्वपूर्ण हुन्छ। राम्रो सुशासन भएका कम्पनीमा दीर्घकालीन जोखिम तुलनात्मक रूपमा कम हुन सक्छ।

५. सेयरमूल्य मात्रै नहेर्नुहोस्
कम मूल्यको सेयर सधैँ सस्तो हुँदैन। त्यसैगरी उच्च मूल्यको सेयर सधैँ महँगो पनि हुँदैन। कम्पनीको वास्तविक वित्तीय अवस्था, आम्दानी र भविष्यको सम्भावनासँग सेयरमूल्य तुलना गरेर निर्णय गर्नुपर्छ।

६. हल्लाको भरमा लगानी नगर्नुहोस्
साथीभाइ, सामाजिक सञ्जाल वा बजारमा चलेको चर्चाका आधारमा मात्रै सेयर खरिद गर्नु जोखिमपूर्ण हुन्छ। कम्पनीको वित्तीय विवरण, वार्षिक प्रतिवेदन र विगतको प्रदर्शन अध्ययन गरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ।

७. बजारको लहरभन्दा कम्पनीको आधार हेर्नुहोस्
बजार बढेको समयमा वित्तीय अवस्था कमजोर भएका कम्पनीको सेयरमूल्य पनि अस्वाभाविक रूपमा बढ्न सक्छ। तर दीर्घकालीन लगानीमा बजारको बुल र बियरभन्दा कम्पनीको आधारभूत अवस्था, लाभांश क्षमता र भविष्यको सम्भावनालाई प्राथमिकता दिनुपर्छ।

2