Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग

बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग
अ+ अ-

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

नाइमाका सदस्य कम्पनीहरूले बाढी आएदेखि नै आर्थिक सहयोग, यातायात तथा राहत सामग्री ढुवानीलगायतका काममा सहयोग गर्दै आएको संस्थाले जनाएको छ।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले विपद्का बेला सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको बताइन्। उनले राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

नाइमाले खोज, उद्धार तथा राहतमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक र स्थानीय समुदायप्रति सम्मान व्यक्त गरेको छ। साथै, अटोमोबाइल तथा यातायात क्षेत्रका सरोकारवालालाई आफ्नो क्षमताअनुसार बाढी प्रभावितको सहयोगमा जुट्न आग्रह गरेको छ।

2