Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘बेथलेहेम कुटुम्ब युनिट’ले कमायो २०० करोड

‘बेथलेहेम कुटुम्ब युनिट’ले कमायो २०० करोड
अ+ अ-

काठमाडौँ । अभिनेता निभिन पोलि र अभिनेत्री ममिता बैजु अभिनित मलयलम रोमान्टिक कमेडी चलचित्र ‘बेथलेहेम कुटुम्ब युनिट’ले प्रदर्शनको ११ औँ दिनमा विश्वव्यापी बक्स अफिसमा २०० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ।

चलचित्रले ११ दिनमा विश्वभरबाट कुल २०६.३७ करोड रुपैयाँ ग्रस कमाएको हो। यससँगै यो मलयलम चलचित्र उद्योगको इतिहासमा विश्वव्यापी २०० करोड क्लबमा प्रवेश गर्ने सातौँ चलचित्र बनेको छ।

चलचित्र हालसम्म सर्वाधिक कमाइ गर्ने मलयलम चलचित्रको सूचीमा पनि सातौँ स्थानमा पुगेको छ।

प्रदर्शनको ११ औँ दिन अर्थात् दोस्रो सोमबार चलचित्रले भारतमा ७.०८ करोड रुपैयाँ र अन्तर्राष्ट्रिय बजारमा ४ करोड रुपैयाँ ग्रस कमाएको छ। भारतमा चलचित्रको कुल नेट कमाइ ८८.४५ करोड रुपैयाँ पुगेको छ भने ग्रस कमाइ १०४.३७ करोड रुपैयाँ रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा मात्रै चलचित्रले १०२ करोड रुपैयाँ ग्रस कमाएको छ। यससँगै ‘बेथलेहेम कुटुम्ब युनिट’ विदेशी बजारमा १०० करोड रुपैयाँभन्दा बढी कमाउने चौथो मलयलम चलचित्र बनेको छ।

अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने मलयलम चलचित्रको सूचीमा पनि यो चौथो स्थानमा पुगेको छ।

यसअघि ‘लोका च्याप्टर १–चन्द्रा’, ‘एल२: एम्पुरान’, ‘मञ्जुम्मेल ब्वाइज’, ‘दृश्यम ३’, ‘वाझा २’ र ‘थुडारुम’ले विश्वव्यापी रूपमा २०० करोड रुपैयाँभन्दा बढी कमाइसकेका छन्।

2