Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रसुवा बाढीपछि १६ दातृ निकायबाट ३३ सहयोग प्रतिबद्धता

रसुवा बाढीपछि १६ दातृ निकायबाट ३३ सहयोग प्रतिबद्धता
अ+ अ-

काठमाडौं । यही भदौ १० गते रसुवा क्षेत्रबाट आएको विनाशकारी बाढी र पहिरोपछि नेपाललाई छिमेकी मुलुकसहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय दातृ निकायले राहत, उद्धार र पुनर्निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सरकारले सार्वजनिक गरेको उद्धार अनुरोध पोर्टलको तथ्यांकअनुसार १६ वटा देश तथा अन्तर्राष्ट्रिय संस्थाले ३३ वटा छुट्टाछुट्टै क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सबैभन्दा धेरै प्रतिबद्धता चीन र भारतबाट आएका छन्। दुवै मुलुकले ६/६ वटा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले राहत सामग्रीसँगै उद्धार टोली, प्राविधिक जनशक्ति, पुल निर्माण तथा अन्य आवश्यक सामग्रीमा सहयोग गर्ने जनाएका छन्।

चीनले बेली ब्रिज, उद्धार टोली र ड्रोन प्रविधिमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भारतले ठूलो मात्रामा राहत सामग्रीसँगै मोडुलर तथा बेली ब्रिज, फरेन्सिक विज्ञ, उद्धार र चिकित्सा टोली पठाउने जनाएको छ।

संयुक्त राज्य अमेरिकाले तीन प्रकारका सहयोगको प्रतिबद्धता जनाएको छ। विश्व बैंक र एसियाली विकास बैंकले पनि आपत्कालीन सुविधा, ऋण, अनुदान तथा प्राविधिक सहयोग अघि सारेका छन्।

अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स र स्विट्जरल्याण्डले दुई/दुई प्रकारका सहयोगको प्रतिबद्धता जनाएका छन्। बेलायत, दक्षिण कोरिया, श्रीलंका, कतार, जापानलगायतका देश तथा संस्थाले पनि राहत र उद्धारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिबद्ध गरिएका केही सहयोग नेपालमा प्राप्त भइसकेका छन् भने केही ढुवानी र प्रक्रियामा रहेका छन्।

सहयोग प्रतिबद्धताको विस्तृत विवरण

१. चीन
चीनले ६ प्रकारका सहयोगको प्रतिबद्धता जनाएको छ। यसमा २२ लाख अमेरिकी डलर नगद, ३० बेली ब्रिज, ११ उद्धार टोली, १० ड्रोन, ५० टन राहत सामग्री तथा २० लाख अमेरिकी डलर बराबरको बजेटरी सपोर्ट र जिन्सी सहायता छन्। केही सहयोग प्राप्त भइसकेका छन्।

२. भारत
भारतले ६ प्रकारका सहयोगको प्रतिबद्धता जनाएको छ। ६८.५ टन राहत सामग्री, ८ वटा पुल, जसमा १ मोडुलर र ७ बेली ब्रिज छन्, २ हजार डेडबडी ब्याग, २३ फरेन्सिक विज्ञ, ११ उद्धार टोली तथा चिकित्सा टोली सहयोगमा छन्। केही सामग्री ढुवानीमा छन्।

३. अमेरिका
अमेरिकाले तीन प्रकारका सहयोगको प्रतिबद्धता जनाएको छ। ३६ लाख अमेरिकी डलरभन्दा बढी मानवीय सहायता, ५ लाख अमेरिकी डलर नगद तथा अगस्ट २९ मा प्राप्त जिन्सी सहायता यसमा छन्।

४. विश्व बैंक
विश्व बैंकले दुई प्रकारको सहयोग अघि सारेको छ। १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण तथा करिब २५ अर्ब रुपैयाँ बराबरको आपत्कालीन सुविधा प्रतिबद्ध गरिएको छ।

५. अष्ट्रेलिया
अष्ट्रेलियाले १० लाख अस्ट्रेलियन डलर नगद तथा विश्व खाद्य कार्यक्रममार्फत ५० लाख अमेरिकी डलर बराबरको राहत प्याकेज दिने प्रतिबद्धता जनाएको छ।

६. युएई
संयुक्त अरब इमिरेट्सले यूएई एड एजेन्सीमार्फत १ करोड अमेरिकी डलर तथा दुई उडानमार्फत जिन्सी सहायता दिने प्रतिबद्धता जनाएको छ। दुई उडानको सामग्री प्राप्त भइसकेको छ।

७. एसियाली विकास बैंक (एडीबी)
एडीबीले ५० लाख अमेरिकी डलरको आपत्कालीन अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर बराबरको प्राविधिक सहायता दिने प्रतिबद्धता जनाएको छ।

८. स्विट्जरल्याण्ड
स्विट्जरल्याण्डले बेली ब्रिजका लागि १० लाख स्वीस फ्र्याङ्क तथा ६ लाख अमेरिकी डलरभन्दा बढीको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

९. जापान
जापानले अत्यावश्यक जिन्सी सहायता सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सामग्री ढुवानीको क्रममा रहेको छ।

१०. कतार
कतारले दुई फ्लाइटमार्फत जिन्सी सहायता सामग्री पठाएको छ। उक्त सहायता प्राप्त भइसकेको छ।

११. बेलायत
बेलायतले ५० लाख पाउण्ड बराबरको सहयोग तथा र्‍यापिड डिप्लोयमेन्ट टिम पठाउने प्रतिबद्धता जनाएको छ।

१२. यूएन सीइआरएफ
संयुक्त राष्ट्रसंघको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष (यूएन सीइआरएफ) ले करिब २५ लाख अमेरिकी डलरको आपत्कालीन कोष उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

१३. दक्षिण कोरिया
दक्षिण कोरियाले १० लाख अमेरिकी डलर तथा विशेषज्ञ टोलीको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

१४. श्रीलंका
श्रीलंकाले १० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

१५. आईएफआरसी
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी) ले करिब १० लाख स्वीस फ्र्याङ्क बराबरको सहायता गर्ने प्रतिबद्धता जनाएको छ।

१६. अन्य संयुक्त सहयोग
जापान, कतार, सिंगापुर, मलेसियालगायतका देशबाट राहत सामग्री तथा सुरुङ विशेषज्ञहरू उपलब्ध गराउने प्रतिबद्धता आएको छ।

2