Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

होण्डाले ९ अर्ब डलर लागत घटाउने

होण्डाले ९ अर्ब डलर लागत घटाउने
A A+ A-

एजेन्सी । जापानी सवारीसाधन निर्माता होण्डाले आगामी चार वर्षभित्र उत्पादन लागत ९ अर्ब अमेरिकी डलरभन्दा बढी घटाउने योजना अघि सारेको छ।

रोयटर्सले प्राप्त गरेको आन्तरिक दस्तावेज र जानकार स्रोतका अनुसार चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनीसँगको बढ्दो प्रतिस्पर्धालाई सामना गर्न होण्डाले आपूर्तिकर्ताहरूलाई लागत घटाउन दबाब दिएको हो।

विशेषगरी बीवाईडीजस्ता चिनियाँ कम्पनीले सस्तो ब्याट्री र उन्नत सफ्टवेयरका कारण दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र युरोपेली बजारमा आफ्नो प्रभाव बढाएपछि होण्डाले लागत कटौतीलाई प्राथमिकता दिएको हो।

विश्वकै ठूलो मोटरसाइकल निर्माता होण्डाले आफ्नो कमजोर कार व्यवसायलाई सुधार गर्ने प्रयास गरिरहेको छ। कम्पनीको आन्तरिक अनुमानअनुसार विद्युतीय सवारीसाधन व्यवसायसँग सम्बन्धित घाटा १२ अर्ब डलरभन्दा बढी पुग्न सक्ने देखिएको छ।

होण्डाले पूर्ण विद्युतीय सवारीसाधनमा केन्द्रित रणनीतिलाई केही परिवर्तन गर्दै पेट्रोल–विद्युतीय हाइब्रिड गाडीमा पनि जोड दिन थालेको छ। कम्पनीले सन् २०३० सम्ममा १५ खर्ब येन बचत गर्ने लक्ष्य राखेको छ।

लागत कटौतीका लागि होण्डाले जापानको उत्सुनोमियामा प्रमुख आपूर्तिकर्ताहरूसँग बैठकसमेत गरेको थियो। बैठकमा प्रेस गरिएका तथा फलामका पार्टपुर्जा, विद्युतीय सामग्री र सफ्टवेयरमा आधारित सवारीसाधनका पार्टपुर्जाको लागत ३० प्रतिशतसम्म घटाउने लक्ष्य राखिएको थियो।

कम्पनीले आपूर्तिकर्ताहरूलाई चिनियाँ सामग्रीको प्रयोग बढाउन तथा दोस्रो र तेस्रो तहका आपूर्तिकर्ताबाट प्राप्त हुने मानक पार्टपुर्जाको प्रयोग गर्न पनि आग्रह गरेको छ।

लागत कटौतीको यस्तो ठूलो लक्ष्यले आपूर्तिकर्तामाथि थप दबाब परेको जानकारहरूले बताएका छन्। समाचार सार्वजनिक भएपछि होण्डासहित केही आपूर्तिकर्ता कम्पनीको सेयर मूल्यमा समेत गिरावट देखिएको छ।

यसैबीच, होण्डा र निसानले सफ्टवेयरमा आधारित सवारीसाधनका लागि साझा इलेक्ट्रोनिक कन्ट्रोल युनिट विकास गर्ने सहमति गरेका छन्। यसलाई सन् २०२९ देखि उत्पादनमा ल्याउने लक्ष्य राखिएको छ।

होण्डाका प्रमुख कार्यकारी अधिकृत तोसिहिरो मिबेले पुनः नियुक्ति पाए पनि कम्पनीको कमजोर प्रदर्शनका कारण पूर्व कार्यकारीहरूबाट पदत्यागको दबाब सामना गर्नुपरेको छ।

चिनियाँ प्रतिस्पर्धासँगै होण्डाले अमेरिकी आयात महसुल, बढ्दो श्रम लागत तथा सवारीसाधनमा नयाँ प्रविधि थपिँदा बढिरहेको अनुसन्धान तथा विकास खर्चको चुनौती पनि सामना गरिरहेको छ।

निसानसँगको मर्जर वार्ता असफल भएपछि होण्डा अहिले आफ्नै रणनीतिमार्फत व्यवसायलाई प्रतिस्पर्धी बनाउने प्रयासमा छ। कम्पनीका प्रवक्ताले आपूर्तिकर्तासँग भएका छलफलका विस्तृत विषयमा टिप्पणी नगरे पनि विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता बढाउन र लागत घटाउन काम भइरहेको बताएका छन्।

2