Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत
A A+ A-

काठमाडौं । भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुसले निरन्तर तेल आपूर्ति गरिरहने बताएका छन्।

एएनआईसँग कुरा गर्दै उनले भारतले आफ्नो राष्ट्रिय हितअनुसार ऊर्जा खरिदसम्बन्धी निर्णय गर्न पाउने बताए। रुसी तेल खरिदमा लगाइएका पश्चिमी प्रतिबन्ध र शुल्कले भारतमाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप छ।

उनले भारतलाई आवश्यक पर्ने जति तेल आपूर्ति गर्न रुस तयार रहेको बताए। पश्चिमी मुलुकले लगाएका माध्यमिक प्रतिबन्ध र शुल्कले रुससँग तेल कारोबार गर्ने तेस्रो मुलुकका रिफाइनरी, ढुवानी कम्पनी र बैंकसमेत प्रभावित हुन सक्ने उनले बताए।

रुसी तेललाई विश्व बजारबाट अलग गर्ने प्रयास सफल नहुने दाबी गर्दै अलिपोभले विश्व ऊर्जा बजारले रुसी कच्चा तेलको बहिष्कार धान्न नसक्ने बताए।

उनका अनुसार भारतलगायत अन्य मुलुकका लागि रुसी तेल बजारमा उपलब्ध भइरहनेछ।

अमेरिका र युरोपेली संघले रुसी ऊर्जा कारोबारमा प्रतिबन्ध विस्तार गरिरहेका बेला रुसी राजदूतको यस्तो भनाइ आएको हो। भारतले भने राष्ट्रिय हित, अन्तर्राष्ट्रिय बजारको अवस्था र उपभोक्ता मूल्यलाई ध्यानमा राखेर कच्चा तेल खरिद गर्दै आएको छ।

2