Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

एफवान सफ्ट ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

एफवान सफ्ट ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग
A A+ A-

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ।

ई–सेवा, फोनपे, एफवान सफ्ट इन्टरनेशनल, ई–सेवा मनि ट्रान्सफर तथा ग्रुपअन्तर्गतका कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको एफवान सफ्ट ग्रुपले जनाएको छ।

बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनी र कर्मचारीको संयुक्त प्रयासमा उक्त योगदान गरिएको ग्रुपले जनाएको छ।

ग्रुपका अनुसार हालसम्म ई–सेवाका १ लाख २९ हजार १३ प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, फोनपेबाट ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन्।

फोनपेमार्फत संकलित सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश रहेको छ। भारतबाट एनपीसीआई इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन्।

एफवान सफ्ट ग्रुपले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सहयोगमा निरन्तर खटिएका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति आभारसमेत व्यक्त गरेको छ।

2