नेपालमा ओमोडा जेकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले विद्युतीय एसयूभी ‘जेको जे५’ अब दुई भेरियन्टमा उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार ‘जेको जे५’ प्रोको अफर मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, ‘जेको जे५’ को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
‘जेको जे५’ प्रोमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसले एनईडीसी परीक्षण मापदण्डअनुसार ४०५ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ ।
त्यस्तै, ‘जेको जे५’ मा ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । यसले एनईडीसी मापदण्डअनुसार ४६१ किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ ।
दुवै भेरियन्टमा १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ । साथै, प्यानोरामिक मुनरुफ, स्पेयर टायर, ४८० लिटर क्षमताको बुट स्पेस र लेभल–२ एडीएएस जस्ता सुविधा उपलब्ध छन् ।
दुवै मोडलले २८८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । ‘जेको जे५’ प्रोमा ब्याट्री क्षमता र रेन्ज तुलनात्मक रूपमा कम भए पनि ‘जेको जे५’ मा उपलब्ध धेरैजसो मुख्य सुविधा यसमा पनि राखिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ‘जेको जे५’ मा ५८.९ किलोवाट आवरको ठूलो ब्याट्री रहेकाले लामो दूरीको यात्रालाई प्राथमिकता दिने ग्राहकका लागि यो उपयुक्त विकल्प हुनेछ । यसको एनईडीसी रेन्ज ४६१ किलोमिटर रहेको छ ।
त्यस्तै, ‘जेको जे५’ प्रो कम मूल्यमा उपलब्ध गराइएको भेरियन्ट हो । यसमा ५०.७ किलोवाट आवरको ब्याट्री र ४०५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ ।
दुवै भेरियन्टमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, लेभल–२ एडीएएस, प्यानोरामिक मुनरुफ, स्पेयर टायर र ४८० लिटरको बुट स्पेस समान रहेको कम्पनीले जनाएको छ ।
