Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

गृहमन्त्रीको पहलमा चुमनुब्री–४ का बाढीपीडितलाई राहत

गृहमन्त्रीको पहलमा चुमनुब्री–४ का बाढीपीडितलाई राहत
A A+ A-

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङमा बाढी तथा पहिरोबाट ठूलो क्षति भएपछि गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा तत्काल राहत पठाउन पहल गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको नाम्रुङमा भएको क्षतिको विवरण लिएपछि गृहमन्त्री गुरुङले नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरी राहत सामग्री पठाउने व्यवस्था गरेका हुन्।

चाराङ लेक र चाराङ खोलामा आएको बाढी तथा पहिरोका कारण घर तथा होटलमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार चाराङ लेकमा लाक्पा बुटीका दुई र छिरिङ वाङ्दीका तीन घर क्षतिग्रस्त भएका छन्। उर्गेन चेतन होटल र नुर्बु वाङ्गल होटल भने पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

चाराङ खोलाको बाढीले बुढीगण्डकी पुल तथा जोलुङ्गे पुलनजिक रहेको जगत होटल पूर्ण रूपमा बगाएको छ। छेवाङ दोर्जेको घरसमेत उच्च जोखिममा रहेको जनाइएको छ।

बुढीगण्डकी खोलामाथिको पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मनास्लु ट्रेकिङ रुटको पदमार्गसमेत बन्द भएको छ। बाढीपहिरोका कारण नाम्रुङमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने सरकारी तथा निजी विद्युत् प्रणालीमा पनि क्षति पुगेको छ।

चाराङ लेकमा युदोन ग्याल्तेन र दावा ताशी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आए पनि उनीहरू दुवैसँग सम्पर्क भइसकेको र सुरक्षित रहेको जनाइएको छ। हालसम्म मानवीय क्षति भने भएको छैन।

प्रारम्भिक विवरणअनुसार चाराङ खोला क्षेत्रमा मात्रै बाढी तथा नदी कटानका कारण ६ वटा घर प्रभावित तथा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ।

2