Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

गोरखाको अजिरकोटमा १५ लाखको स्याउ बिक्री

गोरखाको अजिरकोटमा १५ लाखको स्याउ बिक्री
फाइल फोटो
A A+ A-

गोरखा। गोरखाको अजिरकोट गाउँपालिका-२ खरिबोटस्थित मुलखर्क र नब्लु क्षेत्रका किसानले यस वर्ष १५ लाख रुपियाँ बराबरको स्याउ बिक्री गरेका छन्।

समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटर उचाइमा गरिएको व्यावसायिक स्याउ खेतीबाट राम्रो उत्पादन भएपछि स्थानीय किसान उत्साहित भएका छन्।

मुलखर्क जडीबुटी तथा स्याउ फर्मका सञ्चालक सञ्जीव तामाङ ‘भिटेन’का अनुसार यस वर्ष चार हजार दुई सय ५० किलो स्याउ उत्पादन भएको छ। गत वर्ष तीन हजार किलो उत्पादन भएको थियो।

प्रतिकिलो ३५० रुपियाँका दरले बिक्री गर्दा १४ लाख ८७ हजार ५०० रुपियाँ आम्दानी भएको तामाङले बताउनुभयो। उहाँले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा यस पटक उत्पादन राम्रो भएकाले बजारमा पठाउनसमेत सहज भएको छ।” उत्पादित स्याउमध्ये ६० प्रतिशत स्थानीय बजारमा र बाँकी काठमाडौं, पोखरा र चितवन पठाइएको छ।

गाउँपालिका अध्यक्ष दीपक देवकोटाका अनुसार तीन वर्षअघि स्याउ खेती परीक्षणका लागि किसानलाई सहयोग गरिएको थियो।

“पालिकाभित्रका इच्छुक किसानलाई स्याउका बिरुवा खरिदमा शतप्रतिशत र बगैँचा संरचना निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ,” देवकोटाले भन्नुभयो। इटालीबाट ल्याइएका फुजी, रेड डेलिसियस र गाला जातका ६ सय बिरुवा परीक्षणका लागि वितरण गरिएको थियो।

गाउँपालिकाका कृषि शाखा प्रमुख शम्भु थापाका अनुसार यस वर्ष सबै बिरुवामा फल लागेको छ। स्याउ खेतीको परीक्षण सफल भएपछि गाउँपालिकाले वडा नम्बर १ र २ मा व्यावसायिक खेती विस्तार गर्ने योजना बनाएको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेत व्यावसायिक स्याउ खेतीलाई प्राथमिकतामा राखिएको छ।

2