तनहुँ। भदौ १० गतेको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि तनहुँको व्यास नगरपालिकाले २१ लाख ३९ हजार ५६५ रुपियाँ सहयोग गरेको छ ।
नगरपालिकाले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाको विपद् पुनर्स्थापना कोषबाट ५ लाख ५१ हजार रुपियाँ र जनप्रतिनिधि तथा कर्मचारीहरूको पारिश्रमिकबाट १५ लाख ८८ हजार ५६५ रुपियाँ संकलन गरिएको हो ।
लम्सालले नगरपालिकासँग आबद्ध सम्पूर्ण शिक्षकहरूलाई पनि आ-आफ्नो विद्यालयमार्फत थप सहयोग रकम संकलन गरी कोषमा जम्मा गर्न अनुरोध गरिएको जानकारी दिए।
