Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारतीय बजारमा चिनीको मूल्य बढ्दा कञ्चनपुरका उपभोक्ता मारमा

भारतीय बजारमा चिनीको मूल्य बढ्दा कञ्चनपुरका उपभोक्ता मारमा
A A+ A-

कञ्चनपुर। भारतीय बजारमा चिनीको मूल्य आकासिएपछि कञ्चनपुरका उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्। केही सातायता भारतमा चिनीको मूल्य बढेसँगै यहाँका स्थानीय बजारमा समेत यसको असर देखिएको छ।

स्थानीय जग्गुराम डगौराका अनुसार विगतमा प्रतिकिलो ९० रुपियाँमा पाइने चिनी अहिले १३० रुपियाँ तिर्नुपर्ने बाध्यता छ। अर्का स्थानीय लोकेन्द्र चौधरीले मूल्य बढेपछि चिनीको उपभोग नै घटाउनुपरेको बताउनुभयो। शुक्लाफाँटा नगरपालिकाकी रमा साउदले विगतमा १०० रुपियाँ पर्ने चिनी अहिले १४० रुपियाँमा खरिद गर्नुपरेको गुनासो गर्नुभयो।

व्यापारी मनीराम चौधरीका अनुसार भारतबाट भन्सार तिरेर ल्याउँदा पहिले ९० रुपियाँमा बिक्री गरिने चिनी अहिले मूल्यवृद्धिका कारण १३० रुपियाँ पुगेको छ। भारतीय बजारमा मूल्य बढेपछि चिनीको मागसमेत घट्दै गएको छ।

कञ्चनपुरमा दुईवटा चिनी मिल सञ्चालनमा रहे पनि दररेट नमिल्दा उपभोक्ता भारतमा निर्भर रहँदै आएका छन्। महाकाली चिनी मिलका सूचना अधिकारी कालु सिंह ठगुन्नाले कच्चा पदार्थको अभाव र उच्च उत्पादन लागतका कारण स्थानीय मिलको चिनी महँगो पर्न गएको बताउनुभयो। उहाँका अनुसार मिलले यस वर्ष एक लाख ८३ हजार क्विन्टल चिनी उत्पादन गरेकोमा हालसम्म एक लाख २३ हजार क्विन्टल बिक्री भइसकेको छ।

पुनर्वासस्थित भागेश्वर चिनी मिलका सूचना अधिकारी डम्मर खड्काले खुला सीमाका कारण स्थानीयले सस्तोमा भारतबाट चिनी ल्याउने गरेकाले स्थानीय उत्पादनले बजार पाउन नसकेको बताउनुभयो। तर, यसपटक भारतीय बजारमै मूल्य बढेकाले स्थानीय उत्पादनले बजार पाउने अपेक्षा गरिएको छ। भागेश्वर मिलले यस सिजनमा एक लाख ८० हजार क्विन्टल चिनी उत्पादन गरेकोमा ८० हजार क्विन्टल अझै बिक्रीका लागि बाँकी छ। स्थानीय मिलहरूले पर्याप्त बजार नपाउँदा चिनी पूर्वी जिल्लाहरूमा निर्यात गर्दै आएका छन्।

2