Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार
A A+ A-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ।

नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए।

चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको हो।

स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई यही भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको हो।

सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते ११४ जना, भदौ १९ गते १५५ जना, भदौ २० गते ९६ जना, भदौ २१ गते १०५ जना, भदौ २२ गते १०६ जना र भदौ २३ गते ९४ नेपाली स्वदेश फर्किएका हुन्।

सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपबहादुर बुढाथोकीको नेतृत्वमा १५ जनाको विशेष टोली निरन्तर परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले विपद्का कारण अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धार तथा स्वदेश फिर्तीमा आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिए।

उनीहरूलाई स्थानीय तह तथा विभिन्न संघसंस्थासँगको समन्वयमा सवारीसाधनको व्यवस्था गरी काठमाडौँतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र अरनिको यातायात प्रालिले यात्रुबाहक गाडी व्यवस्थापन गरी काठमाडौँसम्म पुर्‍याउने व्यवस्था गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने गरेको छ। अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि उक्त नाका खुला रहेको छ।

रसुवामा गएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए। बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ। बाढीका कारण चीनतर्फ करिब आठ सय नेपाली फसेको बताइएको छ। उनीहरूलाई क्रमशः तातोपानी नाका हुँदै नेपाल ल्याउने काम भइरहेको छ।

‘केरुङमा करिब १७ सय नेपाली रहेको भन्ने जानकारी चीनको ‘काउन्टर पार्ट’मार्फत हामीलाई जानकारीमा आएको छ,’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले भने, ‘उहाँहरूलाई तातोपानी नाका हुँदै सुरक्षित रूपमा काठमाडौँसम्म पुर्‍याइने छ। उहाँहरूको आउने क्रम जारी नै छ।’

चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर प्रशासनको जिम्मा लगाउने गरेको उनको भनाइ छ।

2