Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार
A A+ A-

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ अदुवा खेती प्रवर्द्धन कार्यक्रम अगाडि बढाइएको छ।

गाउँपालिकाले गत आर्थिक वर्षमा कोशी प्रदेश सशर्त अनुदानमार्फत प्राप्त रु १० लाख बजेटबाट वडा नं ४ खैराङस्थित लुङथुङ क्षेत्रमा ७९ रोपनीमा व्यावसायिक अदुवा खेती विस्तार गरेको हो।

हतुवागढी वडा नं ४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खैराङ क्षेत्रमा उत्पादन हुने अदुवा उच्च गुणस्तरको मानिने भएकाले यसलाई प्राथमिकतामा राखेर क्षेत्र विस्तार गरिएको हो। “स्थानीय माटो र जलवायु अदुवा खेतीका लागि अत्यन्त अनुकूल छ। गुणस्तरीय उत्पादन हुने भएकाले किसानको जीवनस्तर सुधार्न अदुवा प्रवर्द्धन कार्यक्रम अघि बढाएका हौँ,” वडाध्यक्ष विष्टले भने।

गाउँपालिकाको पहलपछि स्थानीय किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। गाउँपालिकाको सहयोगमा दुई वटा समूहमा आबद्ध ४४ किसानले हाल व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका छन्।

खेतीका लागि आवश्यक हाते ट्याक्टरलगायत औजार वितरण गरिएको छ। स्थानीय किसान राजकुमार राईले अदुवा खेती विस्तार कार्यक्रमले आफूहरूलाई ठुलो प्रोत्साहन मिलेको बताए। “मैले अहिले एक हजार केजी अदुवा रोपेर खेती गरेको छु,” उनले भने, “अदुवा खेतीबाट वार्षिक रु दुई लाख ५० हजारदेखि रु तीन लाखसम्म आम्दानी हुने गरेको छ। खेती विस्तारले आगामी दिनमा अझै आम्दानी वृद्धि हुने अपेक्षा छ।”

उनका अनुसार हाल स्थानीय बजारमा अदुवा प्रतिकेजी रु १२० मा बिक्री भइरहेको छ। यहाँ उत्पादन भएको अदुवा स्थानीय बजारका साथै धरान, विराटनगर र इटहरीलगायतका ठुला सहरहरूसम्म पुग्ने गरेको छ। गाउँपालिकाले उत्पादन भएको अदुवाको बजारीकरण र भण्डारणका लागि आवश्यक सहजीकरण गर्ने योजना बनाएको छ। अदुवाको बजारीकरणलाई अझ सहज बनाउन चालु आर्थिक वर्षमा हतुवागढी–३ मा अदुवा प्रशोधन केन्द्र स्थापना गरिने भएको छ।

कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार कोशी प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय किसानको लागत साझेदारीमा रु १५ लाखको लागतमा सोलार प्रविधिबाट अदुवा सुकाउन सकिने आधुनिक प्रशोधन केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय तहबाटै उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न यस्ता कृषि कार्यक्रम सञ्चालन गरिएको बताए। गाउँपालिकाले कृषिमा आधारित स्वरोजगार सिर्जना गर्ने नीतिअनुरूप लगानी बढाउँदै लगेको उनको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले अदुवा खेतीको माध्यमबाट किसानलाई प्रत्यक्ष आयआर्जनमा जोड्ने लक्ष्यका साथ खैराङको ठुलो क्षेत्रमा खेती विस्तार गरिएको जानकारी दिए।

2