udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नाइकी: विद्यार्थीको सोचबाट विश्वव्यापी साम्राज्यसम्मको यात्रा

साना प्रयास, निरन्तर लगनशीलता र उच्च दूरदर्शिताले सामान्य विचारलाई कसरी विश्वव्यापी साम्राज्यमा बदल्न सक्छ भन्ने सर्वोत्कृष्ट उदाहरण नाइकी कम्पनी हो।

नाइकी: विद्यार्थीको सोचबाट विश्वव्यापी साम्राज्यसम्मको यात्रा
A A+ A-

काठमाडौं– विगतका साना प्रयास, निरन्तरको लगनशीलता र उच्च दूरदर्शिताले कसरी एउटा सामान्य विचारलाई विश्वव्यापी साम्राज्यमा परिणत गर्नसक्छ भन्ने कुराको सर्वोत्कृष्ट उदाहरण नाइकी कम्पनी हो।

आज संसारको जुनसुकै कुनामा एउटा ‘ठिक चिह्न’ अर्थात् स्वाश लोगो देख्नेबित्तिकै मानिसहरूको दिमागमा जुत्ता र खेलकुदका पोशाकको एउटा भव्य दृश्य आइहाल्छ।

लोगो देख्नासाथ सबैले त्यो कुन ब्राण्डको सामान हो भन्ने कुरा सजिलै ठम्याउन सक्छन्।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आज जुन अभूतपूर्व उचाइ र पहिचान हासिल गरेको छ, त्यसको एउटा मुख्य श्रेय यो अद्वितीय र सर्वप्रिय लोगोलाई नै जान्छ।

यद्यपि, विश्वव्यापी रूपमा प्रसिद्धि कमाएको यो कम्पनीको नामको उच्चारणलाई लिएर भने धेरै मानिसहरू अझै पनि झुक्किएको पाइन्छ।

अमेरिकीहरू यस ब्राण्डलाई मुख्य रूपमा ‘नाइकी’ भनेर उच्चारण गर्छन् भने बेलायती लवजमा यसलाई ‘नइक’ भन्ने गरिन्छ।

बाँकी विश्वभर भने यो ब्राण्ड सामान्यतया ‘नाइक’ नामले बढी परिचित छ। स्वयम् यो कम्पनीका पूर्वप्रमुख फिलिप नाइटले यस ब्राण्डको आधिकारिक उच्चारण ‘नाइकी’ नै हुने स्पष्ट पारिसकेका छन्।

तर पनि नेपाली समाज र बजारमा भने यसलाई सामान्य रूपमा ‘नाइक’ नै भनी उच्चारण गर्ने चलन रहिआएको छ।

उच्चारणमा जसरी फरकपन भए पनि ‘स्वाश’ अर्थात् ‘ठिक’ चिह्नको लोगो देख्नेबित्तिकै मानिसहरूले जुनसुकै ठाउँमा पनि यो यही ब्राण्ड हो भनेर विना हिचकिचाहट छुट्याउन सक्छन्।

विश्वभरका मानिसहरूको मानसपटलमा यो छाप यति गहिरोसँग गढेर बसेको छ। यसै ‘स्वाश’ लोगोका कारण कम्पनीले बजारमा आफ्नै एउटा विशिष्ट र अतुलनीय पहिचान बनाउन सफल भएको छ।

आजको मितिमा कम्पनीको यो एउटा लोगोको मात्रै बजार मूल्य करिब ९० अर्ब अमेरिकी डलर बराबर मानिन्छ।

अचम्मको कुरा त के छ भने, यति विशाल मूल्यवान् मानिने यो लोगो कम्पनीले सन् १९७१ तिर एक साधारण ग्राफिक डिजाइनर विद्यार्थी क्यारोलाइन डेभिडसनसँग मात्र ३५ अमेरिकी डलरमा खरिद गरेको थियो। ३५ डलरको सानो लगानीबाट सुरु भएको यो चिह्न आज व्यापारिक जगतकै सबैभन्दा बहुमूल्य र प्रभावशाली प्रतीक बनेको छ।

जापानी जुत्ताबाट सुरु भएको यात्रा

नाइकीको भव्य साम्राज्यको प्रारम्भिक परिकल्पना भने सन् १९६२ मै भइसकेको थियो। सन् १९६२ मा स्टानफोर्ड विश्वविद्यालयमा अध्ययनरत एक लगनशील विद्यार्थी फिलिप नाइटले आफ्नो उच्च शिक्षा पूरा गरेपछि जापान भ्रमण गर्ने अवसर पाएका थिए।

जापानमा रहँदा उनले त्यहाँका जुत्ता कम्पनीहरूको उत्पादन र गुणस्तरलाई नजिकबाट नियाल्ने मौका पाए। त्यस समय अमेरिकी बजारमा जर्मन जुत्ता कम्पनीहरूको ठूलो वर्चस्व र लोकप्रियता थियो।

फिलिप नाइटले जापानी जुत्ता कम्पनीहरूले ती स्थापित जर्मन कम्पनीहरूसँग सहजै प्रतिस्पर्धा गर्नसक्ने ठूलो सम्भावना र क्षमता देखे। यही दूरदर्शी सोचका साथ उनले जापानी जुत्ता उत्पादकसँग एक व्यापारिक सम्झौता गरे।

सम्झौता मुताविक उनले सन् १९६३ मा जापानबाट २ सय जोर गुणस्तरीय जुत्ता अमेरिका आयात गरे।

त्यसको एक वर्षपछि अर्थात् सन् १९६४ मा उनले ओरेगन विश्वविद्यालयमा आफूलाई ट्र्याक एन्ड फिल्ड खेलको अध्यापन गराउने तथा खेलकुद प्रशिक्षकसमेत रहेका आफ्ना गुरु बिल बोअरम्यानसँग हात मिलाए।

दुवै जना मिलेर जापानी जुत्तालाई अमेरिकी बजारमा योजनाबद्ध ढङ्गले बिक्री–वितरण गर्ने उद्देश्यका साथ ‘ब्लू रिबन स्पोर्ट्स’ नामक संस्थाको जग बसाले।

स्थापनाको पहिलो वर्ष यस नवप्रवद्र्धक कम्पनीले जम्मा १३ सय जोर जापानी जुत्ता बिक्री गरेर ८ हजार अमेरिकी डलर बराबरको आय आर्जन गर्न सफल भयो।

सुरुवात सानो भए पनि उनीहरूको व्यावसायिक दृष्टिकोण प्रष्ट थियो। जसका कारण स्थापनाको दोस्रो वर्ष सन् १९६५ मा ब्लू रिबन स्पोर्ट्स कम्पनी औपचारिक रूपमा दर्ता भयो र सोही वर्ष यसको आम्दानी बढेर २० हजार डलर पुग्यो।

व्यापार विस्तारको क्रमलाई जारी राख्दै सन् १९६६ मा कम्पनीले क्यालिफोर्निया राज्यको सान्टा मोनिका क्षेत्रमा आफ्नो पहिलो खुद्रा पसल स्थापना गर्यो र आफ्नो व्यापारिक गतिविधिलाई अझ सशक्त रूपमा अघि बढायो।

कम्पनीको दायरा यतिमै सीमित रहेन, सन् १९६७ मा यसले अमेरिकाको पूर्वी तटीय क्षेत्रस्थित मासाचुसेट्स राज्यको वेलेस्ली शहरमा अर्को खुद्रा पसल खोल्न सफलता प्राप्त गर्यो।

कोर्टेजदेखि आफ्नै ब्राण्डसम्म

यसैबीच, कम्पनीका सह–संस्थापक बिल बोअरम्यान आफैंमा एक कुशल खेलकुद प्रशिक्षक भएकाले खेलाडीहरूका लागि कस्तो जुत्ता बढी सहज, हलुका र उपयोगी हुन्छ भन्ने विषयमा निरन्तर अध्ययन र अनुसन्धान गरिरहन्थे।

खेलाडीको आवश्यकता अनुसार जुत्तालाई परिमार्जन गर्ने क्रममा उनले सन् १९६८ मा ‘कोर्टेज’ नामक विशेष जुत्ताको निर्माण गरे।

बोअरम्यानको यो आविष्कार खेलकुद जगतमा निकै क्रान्तिकारी साबित भयो र कोर्टेज जुत्ताले छोटो समयमै अपार ख्याति कमाउन सफल भयो। यो सफलतासँगै कम्पनी समृद्धिको दिशामा तीव्र गतिमा अघि बढ्न थाल्यो।

कम्पनीले आफ्नै उत्पादन सुरु गर्ने सोच बनाएपछि सन् १९७१ मा जापानी व्यापारिक संस्था निस्शो इवाई कर्पोरेशनसँग मिलेर स्वतन्त्र ठेक्का सम्झौता गर्यो।

यसै सम्झौतामार्फत विदेशमा आफ्नै डिजाइन र ब्राण्डका जुत्ताहरू उत्पादन गरी अमेरिकामा आयात गर्ने प्रक्रिया सुरु गरियो।

यही ऐतिहासिक मोडमा ब्लू रिबन स्पोर्ट्स कम्पनीले विजयकी ग्रिक देवी ‘नाइकी’ को नामबाट नयाँ ब्राण्ड खडा गर्यो र हालको विश्वप्रसिद्ध ‘स्वाश’ लोगो अंकित जुत्ताहरू औपचारिक रूपमा बजारमा सार्वजनिक गर्यो।

सन् १९७२ मा जर्मनीको म्युनिख शहरमा ओलम्पिक खेलकुद सञ्चालन हुँदै थियो। त्यस ओलम्पिकका लागि अमेरिकामा खेलाडी छनोट प्रतियोगिताहरू भइरहेका थिए। यही समयलाई स्वर्ण अवसरका रूपमा लिँदै नाइकीले आफ्ना जुत्ताहरूको व्यापक प्रचार–प्रसार र प्रवद्र्धन गर्यो।

म्युनिख ओलम्पिकको छनोट खेलको प्रभावका कारण नाइकी ब्राण्ड रातारात मानिसहरूको नजरमा पर्न सफल भयो र अत्यन्त लोकप्रिय बन्यो।

नाइकी ब्राण्ड सार्वजनिक भएकै पहिलो वर्ष कम्पनीले १९ लाख अमेरिकी डलर बराबरको विशाल कारोबार गर्यो। सफलताको यो यात्रा निरन्तर जारी रहँदा सन् १९७४ सम्म आइपुग्दा ब्लू रिबन स्पोर्ट्सको वार्षिक आय ५० लाख अमेरिकी डलर पुग्यो।

ओलम्पिक र जगिङ्गले बढाएको बजार

कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई गति दिँदै क्यानाडामा पहिलो वैदेशिक खुद्रा पसल खोल्यो। सन् १९७६ मा क्यानाडामा ओलम्पिक खेलकुद आयोजना हुँदै थियो, जसको फाइदा उठाउन नाइकीले अत्यन्त आक्रामक बजारीकरणको रणनीति अपनायो।

कम्पनीले ओलम्पिकमा भाग लिने थुप्रै उदीयमान तथा प्रतिभावान् खेलाडीहरूलाई प्रायोजन गर्न थाल्यो। ओलम्पिक जस्तो ठूलो मञ्चमा उदीयमान खेलाडीहरूका खुट्टामा नाइकीका आकर्षक जुत्ताहरू देखिन थालेपछि यस ब्राण्डको बजार र व्यापारले नयाँ उचाइ लिन पुग्यो।

सन् १९७० को दशकको उत्तरार्धतिर अमेरिकामा बिहान–बिहान स्वास्थ्यका लागि जगिङ्ग गर्ने एक नयाँ संस्कृतिको तीव्र विकास भइरहेको थियो। आम मानिसहरूको यो नयाँ जीवनशैली र रोजाइलाई मध्यनजर गर्दै कम्पनीले आफ्ना उत्पादनहरूलाई जगिङ्ग अनुकूल बनायो र बजारीकरणलाई झनै तीव्र पार्यो।

यसैको परिणामस्वरूप सन् १९७७ सम्ममा कम्पनीको आय बढेर २ करोड ८० लाख अमेरिकी डलर पुग्यो।

नाइकी नामबाट विश्वभर आफ्नो छुट्टै छाप बसिसकेकाले कम्पनीले सन् १९७८ मा ब्लू रिबन स्पोर्ट्स नाम परिवर्तन गरी आधिकारिक रूपमै ‘नाइकी’ राख्यो। यस समयसम्म आइपुग्दा नाइकीको बजार पूरै विश्वभर फैलिसकेको थियो।

माइकल जोर्डनसँगको ऐतिहासिक साझेदारी

सन् १९८० को दशकको सुरुवात नाइकीका लागि थप ऐतिहासिक रह्यो। नाइकीले अमेरिकी स्पोर्ट्सवेयर बजारमा लामो समयदेखि प्रभुत्व जमाएर बसेको जर्मन कम्पनीलाई पछाडि पार्दै अमेरिकाको सबैभन्दा ठूलो र लोकप्रिय स्पोर्ट्सवेयर ब्राण्ड बन्ने गौरव हासिल गर्यो।

विश्वव्यापी मागलाई सम्बोधन गर्न नाइकीले संसारका विभिन्न भागमा दर्जनौं कारखानाहरू स्थापना गरी उत्पादनलाई तीव्र बनायो। सन् १९८२ सम्म आइपुग्दा कम्पनीले खेलकुदका विभिन्न विधालाई लक्षित गरी करिब २ सय थरीका स्पोर्ट्स शूजहरूको विकास गरिसकेको थियो।

ब्राण्डको प्रवर्धनका लागि नाइकीले ठूला खेलकुद प्रतियोगिता र चर्चित टोलीहरूसँग सहकार्य गर्ने नीति लियो।

सन् १९८२ मा नाइकीले त्यसबेला प्रिमियर लिग र युरोपियन कप फुटबलको उपाधि जित्न सफल क्लब एस्टन भिल्लासँग प्रायोजन सम्झौता गरेर युरोपेली फुटबल बजारमा आफ्नो पकड बलियो बनायो।

यसबाहेक सन् १९८४ मा नाइकीले बास्केटबलका महान् र प्रसिद्ध खेलाडी माइकल जोर्डनसँग ऐतिहासिक प्रायोजन सम्झौता गर्यो, जसले खेलकुद र फेसनको क्षेत्रमा नयाँ क्रान्ति नै ल्याइदियो।

यस्ता दूरदर्शी र आक्रामक कदमहरूको बलमा तीव्र गतिमा अघि बढेको कम्पनीले सन् १९८६ मा पहिलो पटक १ अर्ब अमेरिकी डलरभन्दा बढीको विशाल व्यापार गरेर इतिहास रच्यो।

विज्ञापनमा आक्रामक लगानी

१९८० को दशकको अन्त्यतिर बजारमा प्रतिस्पर्धा बढेपछि व्यापारमा केही सुस्तता आयो। तर नाइकी पछाडि हटेन, बरु उसले परम्परागत प्रायोजन शैलीलाई परिमार्जन गर्दै छापा माध्यम र टेलिभिजनमा विज्ञापनको आक्रामक अभियान छेड्यो।

सन् १९८८ मा नाइकीले टेलिभिजन विज्ञापनका लागि मात्र १ करोड अमेरिकी डलर छुट्याएको थियो भने त्यसको लगत्तै अर्को वर्ष यो बजेट बढाएर ४ करोड ५० लाख डलर पुर्याइयो। ठूला शहरका बिलबोर्डहरू, टेलिभिजनका पर्दाहरू र पत्रपत्रिकाका पानाहरू नाइकीका विज्ञापनले भरिन थाले।

यसपछिका दिनहरूमा नाइकीले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। कम्पनीले जुत्तामा मात्र सीमित नरही विभिन्न प्रकारका स्पोर्ट्सवेयर, जर्सी र खेलकुदका सामानहरूको उत्पादन, बिक्री र प्रायोजनलाई तीव्र रूपमा अघि बढायो।

व्यावसायिक विस्तारकै क्रममा सन् २००३ मा नाइकीले अर्को प्रसिद्ध स्पोर्ट्सवेयर कम्पनी ‘कन्भर्स’ लाई खरिद गर्यो। त्यसैगरी सन् २००५ मा भारतीय क्रिकेट टिमसँग ठूलो प्रायोजन सम्झौता गर्दै नाइकीले क्रिकेटको विशाल बजारमा समेत आफ्नो बलियो उपस्थिति जनायो।

विश्वकै ठूलो स्पोर्ट्स किट कम्पनी

आजका दिनमा नाइकीले विश्वका सयौं चर्चित खेलकुद क्लबहरू र हजारौं अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रायोजन सम्झौता गरेको छ।

नाइकी विश्वकै सबैभन्दा ठूलो स्पोर्ट्स किट कम्पनीका रूपमा स्थापित भइसकेको छ। यसले स्पोर्ट्स शूजका साथै प्रायः सबै खेलका सामग्री, पोशाक तथा आधुनिक उपकरणहरूको निर्माण गर्दै आएको छ। नाइकीले विश्वभर हजारौँ मानिसहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।

स्टानफोर्डका एक विद्यार्थीको सानो सोच, जापानी जुत्ताको आयात, ३५ डलरको लोगो र निरन्तरको परिमार्जनबाट सुरु भएको नाइकीको यो यात्रा आज संसारकै सबैभन्दा सफल व्यापारिक कथा बनेको छ।

स्थापनाकालका संघर्ष, रणनीतिक बजारीकरण, उत्कृष्ट गुणस्तर र उपभोक्ताप्रतिको समर्पणका कारण नै नाइकीका सामानहरू विश्वभर अद्वितीय मानिन्छन्।

यही निरन्तरको मिहिनेत र दूरदर्शिताले गर्दा नाइकीले आज विश्व बजारमा आफ्नो बेग्लै पहिचान मात्र बनाएको छैन, बरु करोडौं उपभोक्ताको मनमा अटुट विश्वास र प्रतिष्ठा समेत कमाउन सफल भएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action