Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विपद् प्रभावितका लागि प्याब्सनद्वारा १२ करोड सहयोग

विपद् प्रभावितका लागि प्याब्सनद्वारा १२ करोड सहयोग
A A+ A-

काठमाडौं: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बाढी र विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ। देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित उक्त रकम सरकारलाई हस्तान्तरण गरिएको हो।

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार सदस्य विद्यालयहरूले आफ्नो नियमित खर्च र दायित्व व्यवस्थापन गर्दै उक्त रकम संकलन गरेका हुन्।

प्याब्सनले विपद्को समयमा राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले सो निर्णय गरेको जनाएको छ। सहयोगको विवरण पारदर्शी बनाइएको र सम्बन्धित जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाइएको अध्यक्ष अधिकारीले जानकारी दिए। सरकारसँगको सहकार्यमा सहयोग गर्ने विद्यालयहरूलाई योगदानको कदरस्वरूप प्रमाणपत्र प्रदान गरिनेछ।

प्याब्सनका महासचिव आरबी कटुवालका अनुसार रसुवा र नुवाकोटमा बाढीबाट गम्भीर रूपमा प्रभावित आफ्ना पाँच सदस्य विद्यालयको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ। भदौ ३१ गते राति १२ बजेसम्म संकलन हुने थप रकममध्ये उक्त २ करोड रुपैयाँबाहेकको बाँकी सम्पूर्ण रकम नेपाल सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिनेछ।

प्याब्सनले निजी विद्यालयहरू शिक्षा प्रदान गर्ने संस्थाका साथै विपद्का बेला राष्ट्रसँगै उभिने जिम्मेवार साझेदार भएको जनाएको छ।

अध्यक्ष अधिकारीले देशभरका विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको सहयोग राष्ट्रप्रतिको एकता र सामाजिक उत्तरदायित्वको प्रतीक भएको बताएका छन्। प्याब्सनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

2