udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सरकारका राम्रा कामको राजनीतिकरण गर्नु हुँदैन: इन्द्र बानियाँ

सरकारका राम्रा कामको राजनीतिकरण गर्नु हुँदैन: इन्द्र बानियाँ
A A+ A-

हेटौँडा। बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले गरेका सकारात्मक कामको राजनीतिकरण गर्न नहुने बताएका छन्।

उनले शनिबार हेटौँडामा आयोजित निर्माण व्यवसायी सङ्घ मकवानपुरको २६औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनलाई सम्बोधन गर्दै जुनसुकै सरकारले ल्याएका राम्रा नीति र निर्णयको प्रशंसा गर्नुपर्ने धारणा राखेका हुन्।

बानियाँले सङ्घीय सरकारले निर्माण व्यवसायीका लागि ल्याएको औसत बोलपत्र प्रणाली र आयोजनाको पुनः तालिकाकरण गर्ने निर्णय सकारात्मक रहेको उल्लेख गरे। सरकारका कामलाई राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर हेर्नुपर्नेमा जोड दिँदै उनले यस्ता नीतिगत व्यवस्थाले निर्माण क्षेत्रका समस्या समाधानमा सहज वातावरण बनाउने विश्वास व्यक्त गरे। यद्यपि, नयाँ व्यवस्था कार्यान्वयनका क्रममा व्यवसायीले भोगिरहेका कठिनाइप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ। उनले मुलुकको विकासका लागि जनताले सुखी र खुसी भएर बाँच्न पाउने वातावरण निर्माण नै प्रमुख प्राथमिकता हुनुपर्ने बताए।

सोही कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले निर्माण व्यवसाय गम्भीर समस्यामा रहेको भन्दै यसलाई व्यवस्थित बनाउन राज्य र व्यवसायी दुवै जिम्मेवार हुनुपर्ने बताए। उनले पुँजीगत खर्च निर्माण व्यवसायीमार्फत नै कार्यान्वयन हुने भएकाले यो क्षेत्र कमजोर हुँदा पूर्वाधार विकासमा प्रत्यक्ष असर पर्ने उल्लेख गरे।

त्यस्तै, निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष बालकृष्ण थापाले सार्वजनिक खरिद ऐनका नयाँ व्यवस्था कार्यान्वयनमा कर्मचारीले देखाउने डरको अवस्था अन्त्य हुनुपर्ने बताए।

उनले निर्माण व्यवसायीको हितमा रहेका कानुनी व्यवस्थालाई कर्मचारीले निर्धक्क कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

साथै, उनले विद्युतीय खरिद प्रणाली (इ-जीपी) मा देखिएका सुरक्षा तथा प्रक्रियागत समस्याबारे महासङ्घले सम्बन्धित निकायसँग निरन्तर छलफल गरिरहेको जानकारी दिए। कार्यक्रममा अन्य वक्ताहरूले पनि निर्माण क्षेत्रका चुनौती र समाधानका उपायबारे धारणा राखेका थिए। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action