काठमाडौं। गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १८ हजार ४२६ रुपैयाँ सहयोग गरेको छ।
फाइनान्समा कार्यरत कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम सो कोषमा जम्मा गरेका हुन्।
गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ।
