Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नर्भिकले ४२.१०५ प्रतिशत लाभांश दिने

नर्भिकले ४२.१०५ प्रतिशत लाभांश दिने
A A+ A-

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

भदौ २६ गते शुक्रबार सम्पन्न अस्पतालको छैटौं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।

साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणलाई निष्कासन गर्ने निर्णयसमेत गरेको छ। त्यसका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत आवश्यक प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिइएको छ।

अस्पतालको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक नर्भिकको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी र कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। यस अवधिमा खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको अस्पतालले जनाएको छ।

फार्मेसीसमेत समेट्दा अस्पतालको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी, कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँ तथा खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

नर्भिकले आर्थिक वर्ष २०८२/८३ मा ओपीडीमार्फत १ लाख ७९ हजार, आईपीडीमार्फत ९ हजार र आकस्मिक सेवामार्फत ६ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको जनाएको छ।

यसै अवधिमा अस्पतालले अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड र पपुवा न्युगिनीका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ।

2