Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

काठमाडौंमा घरजग्गा एक्स्पो, साढे ७७ लाखमै घर पाइने

काठमाडौंमा घरजग्गा एक्स्पो, साढे ७७ लाखमै घर पाइने
A A+ A-

काठमाडौं। राजधानीमा आगामी असोज १ देखि ४ गतेसम्म नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आयोजना हुने भएको छ

भृकुटीमण्डपमा सञ्चालन हुने उक्त एक्स्पोमा मध्यम वर्गलाई लक्षित गर्दै विभिन्न सहुलियत र सुलभ मूल्यका आवास योजना सार्वजनिक गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँमै घर र जग्गा खरिद गर्न सकिने अफर राखिएको छ। साथै, जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट र ५ हजार १ रुपैयाँमै टोकन बैना गर्न सकिने व्यवस्था गरिएको छ। यदि जग्गा चित्त नबुझेमा सो रकम फिर्ता हुने सुविधासमेत छ। यसबाहेक, काठमाडौं नजिकका नुवाकोट र रसुवा मोड क्षेत्रमा ३ बेडरुमसहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँमा उपलब्ध गराउने अवधारणा पनि प्रस्तुत गरिएको छ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले धेरै परिमाणमा घर निर्माण गरी लागत घटाउने र कम नाफामा बिक्री गर्ने योजना रहेको बताए। प्रदर्शनीमा सहभागी उपभोक्ताले डेभलपरसँग प्रत्यक्ष संवाद गरी स्थान, मूल्य र भुक्तानी प्रक्रियाबारे जानकारी लिन सक्नेछन्। बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति रहने भएकाले आवासीय कर्जा र वित्तीय व्यवस्थापनसम्बन्धी परामर्शसमेत एउटै स्थानबाट प्राप्त हुनेछ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुन लागेको यो मेलामा निर्माण सामग्री, प्रविधि र इन्टेरियर डिजाइनका स्टलहरू पनि रहनेछन्।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा आयोजना गरिएको यस एक्स्पोलाई ‘पेपरलेस’ बनाउने लक्ष्य राखिएको छ। मेलामा ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ।

2