udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रकम अभावमा तानसेनको औद्योगिक ग्राम निर्माण अलपत्र

रकम अभावमा तानसेनको औद्योगिक ग्राम निर्माण अलपत्र
A A+ A-

काठमाडौं। तानसेन-६ र ७ को सिमाना पक्लुवामा निर्माणाधीन औद्योगिक ग्रामको काम बजेट अभावका कारण तीन वर्षदेखि ठप्प भएको छ। छ वर्षअघि सुरु भएको उक्त आयोजनाको काम हालसम्म २५ प्रतिशत पनि पूरा हुन सकेको छैन।

सङ्घीय सरकारको लगानी र तानसेन नगरपालिकाको व्यवस्थापनमा सुरु भएको यस आयोजनाका लागि पछिल्लो तीन वर्षयता बजेट विनियोजन भएको छैन।

स्थानीय बासिन्दा रोमबहादुर रानाका अनुसार, निर्माण कार्य अघि नबढ्दा बनेका संरचनाहरू बिग्रन थालेका छन्। उहाँले भन्नुभयो, ‘संरचनामा खिया लाग्ने र पर्खाल भत्किने अवस्था बनेको छ।’

नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठका अनुसार, १०२ रोपनी जग्गामा औद्योगिक ग्राम निर्माणका लागि गुरुयोजना तयार गरिएको थियो।

हालसम्म जग्गा घेराबार गर्न र गेट निर्माण गर्न एक करोड ८० लाख रुपियाँ खर्च भइसकेको छ। इन्जिनियर श्रेष्ठले भन्नुभयो, ‘औद्योगिक ग्रामको जग्गा घेराबार गर्ने काम भइसकेको छ। रकम अभाव हुँदा गुरुयोजनाअनुसारको काम गर्न सकेका छैनौँ।’

गुरुयोजनाअनुसार उक्त औद्योगिक ग्राममा कार्यालय, पार्किङस्थल, उत्पादन तथा जडानस्थल, बिक्री कक्षका साथै एक सय कोठा भएका कक्षहरू निर्माण गर्ने लक्ष्य राखिएको थियो।

यसका लागि ४५ करोड रुपियाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। नगरपालिकाले बजेट अभावका कारण निर्माण कार्य अगाडि बढाउन नसकिएको जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action