Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कृष्णभीरमा नयाँ सडक निर्माण तीव्र, भदौ मसान्तभित्रै यातायात खुलाउने तयारी

कृष्णभीरमा नयाँ सडक निर्माण तीव्र, भदौ मसान्तभित्रै यातायात खुलाउने तयारी
A A+ A-

काठमाडौं। त्रिशुली नदीमा आएको बाढीले सडकको आधार नै कटान गरेपछि १४ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ।

गत भदौ १४ गते नदीले सडकको एक सय मिटर भाग बगाएपछि यो राजमार्ग अवरुद्ध भएको थियो। नागढुङ्गा-मुग्लिङ सडक योजना, पश्चिम खण्डकी प्रमुख सजना अधिकारीका अनुसार पहाड काटेर दुवैतर्फ जोड्ने २५० मिटरको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ।

अब सडकलाई सवारी आवतजावत योग्य बनाउन ग्राभेल र रोलिङको काम बाँकी छ। अधिकारीले भनिन्, ‘ग्राभेल गर्न काटेकोजस्तो सजिलो हुँदैन। रोलिङ गरेर मिलाउनुपर्छ। लेयर-लेयरमा गर्नुपर्छ। एउटै लेयरमा गर्न सकिँदैन। त्यसकारण ३-४ दिन लाग्न सक्छ। यो महिनाको अन्त्यबाट यातायात सञ्चालन गर्ने लक्ष्य छ।’

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्की र पश्चिम नेपालका अन्य जिल्ला जाने-आउने सवारी साधन प्रभावित भएका छन्।

सडक अवरोधका कारण अत्यावश्यक वस्तुको ढुवानीमा समस्या हुँदा बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको छ। वैकल्पिक मार्गका रूपमा हेटौँडा हुँदै काठमाडौं आउने सडक प्रयोग भइरहे पनि सवारी चापका कारण यात्रा असहज बनेको छ।

पहिरो रोकथामका लागि विगतमा बायो इन्जिनियरिङ प्रविधि अपनाइएको भए पनि यसपटकको बाढीले सडकको तल्लो भाग पूर्ण रूपमा कटान गर्दा समस्या उत्पन्न भएको हो। नयाँ निर्माण गरिएको खण्डले दीर्घकालीन रूपमा सवारी आवागमनमा बाधा नपु¥याउने विश्वास अधिकारीले व्यक्त गरिन्।

2