udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

होर्मुज जलडमरुमा जहाजमाथि आक्रमण, तेल आपूर्तिमा जोखिम बढ्यो

होर्मुज जलडमरुमा जहाजमाथि आक्रमण, तेल आपूर्तिमा जोखिम बढ्यो
A A+ A-

काठमाडौँ। होर्मुज जलडमरुमा एउटा जहाजमाथि प्रक्षेप्यास्त्र प्रहार भएको रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल आपूर्तिमा थप चिन्ता बढेको छ।

बेलायती नौसेनासँग सम्बद्ध युके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार आइतबार जलडमरु पार गरिरहेको जहाजमा उक्त वस्तु प्रहार भएको हो। आक्रमणबाट भएको क्षति र चालक दलको अवस्थाबारे तत्काल स्पष्ट जानकारी आएको छैन।

यसअघि साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो १ हजार २०० किलोमिटर लामो पूर्व-पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको थियो। साउदी र इराक दुवैले यो आक्रमण इराकबाट भएको जनाएका छन्।

पछिल्लो ६ महिनामा होर्मुज जलडमरुमा अवरोध आएपछि यो पाइपलाइन दैनिक ४० देखि ५० लाख ब्यारेल तेल ढुवानीको प्रमुख मार्ग बनेको थियो, जुन विश्वको कुल आपूर्तिमा करिब ४ देखि ५ प्रतिशत हो। स्याटेलाइट तस्बिरमा मदिनाको दक्षिणी क्षेत्रमा रहेको पाइपलाइनबाट धुवाँ निस्किरहेको देखिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरानको संलग्नता हुन सक्ने बताएका छन्। यसैबीच, साउदी युवराज मोहम्मद बिन सलमानले हुथी विद्रोहीविरुद्ध लड्न अमेरिकासँग सैन्य सहयोग मागेको रोयटर्सले जनाएको छ। तर अमेरिकाले तत्काल प्रत्यक्ष हस्तक्षेप नगरी गुप्तचर सहयोग मात्र गर्ने संकेत दिएको छ। यमनी सरकारका स्रोतहरूका अनुसार हुथी विद्रोहीले लाल सागरको रणनीतिक टापु पेरिम नियन्त्रणमा लिएका छन्।

ऊर्जा आपूर्तिमाथिको जोखिमसँगै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ भने अमेरिकामा डिजेलको खुद्रा मूल्य प्रतिग्यालोन ६ डलर पुगेको छ। इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजीजीले अमेरिकाले सबै सर्त स्वीकार नगरेसम्म वार्ताको अर्थ नरहेको बताएका छन्।

इरानी विदेश मन्त्रालय ओमानमा हुने बैठकमा सहभागी हुने भए पनि त्यसबाट तत्काल ठोस सहमति हुने सम्भावना न्यून रहेको अधिकारीहरूले बताएका छन्। इरानले होर्मुज जलडमरुमा आफ्नो नियन्त्रण र शुल्क उठाउने अधिकार माग गर्दै आएको छ, जुन अमेरिकाले अस्वीकार गरेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action