Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मोरङ उद्योग व्यापार सङ्घको अध्यक्षमा अनिलकुमार साह

मोरङ उद्योग व्यापार सङ्घको अध्यक्षमा अनिलकुमार साह
A A+ A-

विराटनगर। देशकै पुरानो औद्योगिक सङ्गठन मोरङ उद्योग व्यापार सङ्घको ३५औँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। सङ्घको अध्यक्षमा अनिलकुमार साह चयन भएका छन्। नयाँ कार्यसमितिका लागि आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले सबै पदमा निर्विरोध चयन गरिएको निर्वाचन समितिले जनाएको छ। सङ्घले सहमति र सहकार्यको परम्परालाई निरन्तरता दिँदै नयाँ नेतृत्व चयन गरेको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा निर्वाचित भएका छन्। त्यसैगरी वाणिज्यतर्फको उपाध्यक्षमा विकास बेगवानी र उद्योगतर्फको उपाध्यक्षमा संजयकुमार श्रेष्ठ चयन भएका हुन्। समितिको महासचिवमा अमित सारडा, सचिवमा अमित राठी, कोषाध्यक्षमा दिपेश सुवेदी र सह-कोषाध्यक्षमा विनीत सिंघानिया निर्विरोध निर्वाचित भएका छन्। सङ्घको प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन्।

सङ्घको वाणिज्यतर्फको सदस्यहरूमा सुशील सुराना, विवेककुमार अग्रवाल र अन्वित घिमिरे निर्वाचित भएका छन्। त्यसैगरी उद्योगतर्फ पवन राठी, राजेशकुमार अग्रवाल, मनिषकुमार मारु, देवाशिष गोल्छा र बेदान्त जाजु सदस्यमा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहले नयाँ कार्यसमितिले विराटनगर र मोरङको औद्योगिक एवं व्यावसायिक क्षेत्रको विकास र समस्या समाधानका लागि ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले उद्योग र वाणिज्य दुवै क्षेत्रका अनुभवी व्यवसायीहरू समेटिएको यो कार्यसमितिले निजी क्षेत्रको मनोबल उच्च बनाउन भूमिका खेल्ने बताएका छन्।

2