Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

हानि-नोक्सानी कोषको प्रतिबद्धता पूरा गर्न गुटेरेसको आग्रह

हानि-नोक्सानी कोषको प्रतिबद्धता पूरा गर्न गुटेरेसको आग्रह
A A+ A-

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन, युद्ध र एआईको असमान विकासले विश्वलाई गम्भीर जोखिममा पारेको चेतावनी दिएका छन्। भारतमा जारी ब्रिक्स शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले तापक्रम वृद्धि, हिमताल पग्लिने क्रम, भीषण डढेलो र विनाशकारी बाढीजस्ता घटनाहरू आगामी संकटका पूर्वसंकेत भएको बताएका छन्।

विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको सीमा नाघ्ने खतरा बढेको भन्दै उनले कार्बन उत्सर्जन घटाउन र प्रकृति संरक्षणमा लगानी बढाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरे। महासचिव गुटेरेसले जलवायु न्याय सुनिश्चित गर्न हानि-नोक्सानी कोषमा रकम उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए। उनले वार्षिक ३ खर्ब अमेरिकी डलर जलवायु वित्त र अनुकूलन वित्तपोषणमा उल्लेख्य वृद्धि आवश्यक रहेको बताए।

द्वन्द्वका विषयमा बोल्दै उनले गाजा, मध्यपूर्व, युक्रेन र सुडानलगायतका क्षेत्रमा शान्तिको आवश्यकता रहेको औंल्याए। उनले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत सार्वभौम समानता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्न सबै राष्ट्रलाई आग्रह गरे।

एआईका सम्बन्धमा उनले यो प्रविधिले विकासको गति तीव्र पार्ने क्षमता राखे पनि यसको शक्ति सीमित देशमा मात्र केन्द्रित रहेको बताए। एआईको अनियन्त्रित विकासले आय, अवसर, सुरक्षा र सम्प्रभुतामा नकारात्मक असर पार्न सक्ने भन्दै उनले विश्वव्यापी छलफलमा सबै राष्ट्रको सहभागिता हुनुपर्ने बताए। विशेषगरी विकासोन्मुख देशहरूमा रहेको कम्प्युटिङ क्षमता, डाटा र दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्न उनले ग्लोबल नेटवर्क र ग्लोबल फन्ड फर एआईलाई समर्थन गर्न आह्वान गरेका छन्।

2