Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाँदरको सास्तीबाट जोगिन भोजपुरका किसान बेसार खेतीतर्फ

बाँदरको सास्तीबाट जोगिन भोजपुरका किसान बेसार खेतीतर्फ
A A+ A-

भोजपुर। बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्। मकै, कोदो, धान र फलफूल बाँदरबाट जोगाउन कठिन भएपछि स्थानीयवासीले बेसार खेतीलाई रोजेका हुन्।

विशेषगरी जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको छ। भोजपुर नगरपालिका-५ बोखिमका किसान नवराज फुँयालका अनुसार मकै र कोदोजस्ता बाली बाँदरबाट जोगाउनै मुस्किल छ। उनले भने, ‘बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ।’

बेसार खेतीबाट किसानले आम्दानी पनि राम्रो गरिरहेका छन्। स्थानीय किसान मैयानानी न्यौपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ। हाल स्थानीय बजारमा बेसारको पीठो प्रति कुरुवा १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। उत्पादन बिक्रीका लागि बजारको समस्या नरहेकाले किसानहरू उत्साहित छन्।

अर्का किसान भीमप्रसाद न्यौपानेका अनुसार बेसार जमिनमुनि फल्ने र बाँदरले मन नपराउने भएकाले यो सुरक्षित बाली हो। कम लगानी र थोरै मिहिनेतमा तयार हुने, औषधीय गुणले युक्त रहने तथा लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले यसप्रति चासो बढेको छ। बाँदरको प्रकोपका कारण बाझिन थालेका खेतबारीमा बेसार रोपेर किसानले पुनः आम्दानी बढाउन थालेका छन्। स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले उन्नत बीउ, प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिए भोजपुरमा बेसारको उत्पादन अझ बढाउन सकिने किसानको भनाइ छ।

2