Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

लमजुङमा अलैँची टिप्न सुरु, किसान व्यस्त

लमजुङमा अलैँची टिप्न सुरु, किसान व्यस्त
A A+ A-

काठमाडौं। लमजुङमा अलैँची टिप्ने काम सुरु भएको छ। जिल्लाको ८०० देखि १,२०० मिटरको उचाइसम्म लगाइएको अलैँची पाकेपछि किसानहरू टिप्न व्यस्त देखिएका छन्। मर्स्याङ्दी गाउँपालिका-७, ताराचोकका किसान डम्बरसिंह अधिकारीका अनुसार डम्बरसाई र जिर्मले जातको अलैँची पाकेकाले टिप्न थालिएको हो। ताराचोकका किसानले ४० रोपनीभन्दा बढी क्षेत्रफलमा यसको खेती गरेका छन्।

स्थानीय किसान इन्द्रप्रसाद तामाङले गाउँका बासिन्दा अलैँची टिप्न व्यस्त रहेको बताए । यहाँका किसानले खेर गएको पाखोबारी र धानखेत मासेर अलैँची खेती गरेका छन्। त्यस्तै, मर्स्याङ्दी-६, बाहुनडाँडाका किसान लोकनाथ घिमिरेले आफ्नो ६ रोपनी जग्गामा लगाइएको रामशाही जातको अलैँचीबाट २०० केजी उत्पादन भएको जानकारी दिए। मर्स्याङ्दी-५, घेर्मुफाँटकी बिमला गुरुङका अनुसार धान गोडेपछि किसानहरू अलैँची टिप्ने, सुकाउने र ग्रेडिङ गर्ने काममा जुटेका छन्।

अलैँची खेतीबाट राम्रो आम्दानी हुन थालेपछि बसाइँ सरेकाहरू पनि गाउँ फर्कन थालेका छन्। मर्स्याङ्दी-७, लुदी गाउँमा पहिले ६ घरपरिवार मात्र रहेकामा अहिले बढेर १९ पुगेका छन्। त्यहाँका स्थानीयले लुदी अलैँची कृषक समूह गठन गरी ४०० रोपनी जग्गामा सामूहिक खेती गर्दै आएका छन्।

अलैँची व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अजय तामाङका अनुसार १,२०० मिटरभन्दा माथिको अलैँची दसैँपछि मात्र टिप्न सुरु हुनेछ। लमजुङमा हाल करिब १,२०० रोपनी क्षेत्रफलमा अलैँची खेती गरिएको छ, जसमध्ये ७५० रोपनीले यस वर्ष उत्पादन दिने महासङ्घले जनाएको छ। विगतमा १,५०० रोपनीमा खेती गरिए पनि रोगका कारण केही अलैँची नष्ट भएको थियो।

जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा सबैभन्दा धेरै ४०० हेक्टरमा खेती गरिएको छ। यसबाहेक बेँसीसहर, दोर्दी, दुधपोखरी र क्व्होलासोथर गाउँपालिकामा पनि व्यावसायिक खेती हुँदै आएको छ। यस वर्ष जिल्लामा ६० मेट्रिक टन अलैँची उत्पादन हुने अनुमान गरिएको छ।

2