Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

फिल्म ‘पार्वती’को व्यापार २ करोड नाघ्यो, ‘तिनीहरू’ ९० लाख नजिक

फिल्म ‘पार्वती’को व्यापार २ करोड नाघ्यो, ‘तिनीहरू’ ९० लाख नजिक
A A+ A-

काठमाडौं। रसुवामा आएको बाढीका कारण सिर्जित कठिन परिस्थितिका बावजुद भदौ १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार प्रदर्शनको १० दिनमा डेढ करोड कमाएको यस फिल्मले पछिल्लो सात दिनमा ४६ लाखभन्दा बढीको व्यापार गरेको छ।

भदौ २८ गते आइतबारसम्मको विवरणअनुसार फिल्मको कुल ग्रस कमाइ २ करोड ५ लाख ८५ हजार ५९३ रुपैयाँ पुगेको छ। यस अवधिमा फिल्मका ७३ हजार २२३ वटा टिकट बिक्री भएका छन्। ‘परालको आगो’, ‘लालीबजार’ र ‘गौँथली’पछि यस वर्ष २ करोडको आँकडा पार गर्ने ‘पार्वती’ चौथो नेपाली फिल्म बनेको छ। हाल फिल्म प्रदर्शनको तेस्रो हप्तामा छ।

त्यस्तै, भदौ १९ गतेबाट प्रदर्शनमा आएको कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले पहिलो १० दिनमा ८५ लाख ९५ हजार ९१० रुपैयाँ ग्रस कमाइ गरेको छ। यो भदौ महिनामा रिलिज भएका नेपाली फिल्ममध्ये दोस्रो ठूलो कमाइ हो। आइतबारसम्म यस फिल्मका २४ हजार ४८३ वटा टिकट बिक्री भएको बोर्डले जनाएको छ।

यसैबीच, साउन १ गतेबाट प्रदर्शनमा आएको ‘गौँथली’ले ५९ दिनमा २५ करोड ९३ लाख ७४ हजार ७५० रुपैयाँ ग्रस कमाइ गर्दै ऐतिहासिक रेकर्ड कायम गरेको छ। भदौ २८ सम्म ९ लाख ४० हजार ५६२ दर्शकले हेरेको यो फिल्म नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ।

2