udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दूध उत्पादन बढाउन अनुदान

दूध उत्पादन बढाउन अनुदान
A A+ A-

तनहुँ। तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान उपलब्ध गराएको छ ।

केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ८० लाख ११ हजार अनुदान वितरण गरेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लाका १३ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।

कार्यक्रमअन्तर्गत सहकारी संस्थाबाट सङ्कलन भएको ३० लाख २० हजार ३२२ लिटर दूधमा प्रतिलिटर रु तीनका दरले प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउँदा दूध उत्पादनमा संलग्न किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुगेको ठकुरीको भनाइ छ ।

उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमले किसानलाई बढी दूध उत्पादन गर्न उत्प्रेरित गरेको उनले बताए।

दूध बिक्रीबाट प्राप्त आम्दानीसँगै उत्पादनका आधारमा अतिरिक्त प्रोत्साहन रकम प्राप्त हुने भएपछि किसानमा पशुपालन व्यवसायप्रति थप आकर्षण बढेको उनको भनाइ छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action