udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश
A A+ A-

सुनसरी। वराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए। अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन।

विदेशबाट फर्केर व्यावसायिक कृषि पेसामा लागेका उनलाई यति बेला भने पैसा र प्रसन्नता दुवै प्राप्त भएको छ। उनले यसअघि आफ्नै चार बिघा जग्गामा तरकारी, धान र मकै खेती गर्दै आएका थिए। तर अहिले सप्तकोसी नदीको कटानले खेतीयोग्य जमिन बगाएपछि अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्।

महतोले अहिले करिब १० कट्ठा जग्गा भाडामा लिएर गोलभेँडा, बोडी, साग, भिण्डीलगायत मौसमी तरकारी खेती गरेका छन्। त्यसमध्ये आठ कट्ठामा मल्चिङ प्रविधिबाट टमाटरखेती गरेका छन्। बाँकी जग्गामा विभिन्न मौसमी तरकारी लगाएको उनले बताए।

“पहिला करिब चार बिघा जग्गा थियो। सबै सप्तकोसी नदीले कटान गरेर लग्यो। अहिले आफ्नो जग्गा छैन, अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरेको छु”, उनले भने, “अहिले खेतीमा आफैँ काम गर्छु, श्रीमतीले पनि सहयोग गर्छिन्। मुख्य सिजनमा आवश्यकता परे मजदुर ल्याउँछु।”

बीउ, मल, औषधि, मजदुरीमा वार्षिक रु दुई लाखसम्म खर्च हुने गरेको छ। खर्च कटाएर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए। “यही आम्दानीले घरपरिवार धानेको छु”, उनले भने।

खेतीबाट भएको आम्दानीले घरपरिवारको खर्चसँगै तीन छोराछोरीको दैनिक पढाइ खर्च तथा अन्य आवश्यकता पूरा गर्दै आएको उनले बताए। उत्पादित तरकारी बिक्रीका लागि बजारको समस्या छैन। धनकुटा, धरान, उदयपुर, इनरुवालगायतका ठाउँबाट व्यापारी खेतबारीमै आउने र उत्पादित टमाटर तथा अन्य तरकारी खरिद गरेर लैजाने गरेका छन्।

गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुने भएपछि महतोले अन्य तरकारीभन्दा त्यसलाई प्राथमिकता दिनुएको छ। टमाटरको मूल्य सिजनअनुसार फरक हुने भएकाले यसबाट राम्रो आम्दानी हुने उनले बताए।

खेतबारीबाटै प्रतिकिलो रु ४० मा बिक्री हुन्छ कात्तिक–मङ्सिरमा राम्रो मूल्य पाएका बेला रु ८० देखि ८५ सम्म गोलभेँडा बिक्री हुने गरेको उनको भनाइ छ। “पहिला बारी धेरै हुँदा तरकारी खेतीसँगै गाईभैँसी पनि थिए। कोशी कटानले खेतीयोग्य जमिन बगाएपछि पशुपालनका लागि आवश्यक चरनस्थल छैन। अहिले गाईभैँसी पाल्न पनि छाडियो”, महतोले भने, “अहिले तरकारीसँगै धान र मकै खेती गरेर जीविकोपार्जन गरिरहेको छु।”

बर्सेनि सप्तकोशीले कटान गरिरहेको छ। अहिले बसिरहेको यो सानो बास र टिनले बारेर बनाएको कटेरो घर पनि कुन दिन बगाएर लैजाला भन्ने डर छ उनलाई। “आफ्नै जग्गा भएको भए तरकारीखेतीबाटै राम्रो आम्दानी गर्न सकिन्थ्यो अहिले खेती गर्न आफ्नो जमिन छैन”, उनले दुःखेसो गरे।

बर्खा सुरु भएपछि श्रीलङ्का टप्पुका बासिन्दाले बाढी र कटानको त्रास बर्सेनि भोग्दै आएका छन्। बर्सेनि खेतीयोग्य जमिन साँघुरिँदै जानु, घरनजिकै नदी आइपुग्नु र आवश्यक पर्दा बस्ती नै छाडेर हिँड्नुपर्ने अवस्था दोहोरिँदा यहाँका नागरिकका लागि बर्खायाम चिन्ताको विषय बन्ने गरेको छ।

खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चल्ने भए पनि प्रत्येक वर्ष बर्खामा बाढी र कटानले सबै मिहिनेत बगाइदेला कि भन्ने चिन्ताले सताउने गरेको महतो बताउँछन्। करिब तीन हजार जनसङ्ख्या रहेको श्रीलङ्का टप्पुमा अधिकांश परिवारको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित छ। धान, मकै, गोलभेँडा र अन्य तरकारी खेती, पशुपालन र दुग्ध उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रका मुख्य आधार हुन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action