Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

कामना सेवा बैंकको १५ प्रतिशत लाभांश पारित

कामना सेवा बैंकको १५ प्रतिशत लाभांश पारित
A A+ A-

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न सभाले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि आनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा नोक्सान बाँडफाँटसम्बन्धी विवरण सर्वसम्मतिले पारित गरेको छ।

त्यस्तै, सभाले बाह्य लेखापरीक्षकका रूपमा एन.बी.ए.एस.एम. एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

साधारणसभामा सेयरधनीहरूले राखेका विभिन्न जिज्ञासाको जवाफ बैंकका अध्यक्ष आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।

सो क्रममा प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको बताए। उनले आगामी दिनमा बैंकलाई थप दिगो, सबल र प्रतिस्पर्धी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

2